काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत् सेवा अवरुद्ध हुँदै

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) विद्युत् सेवा अवरुद्ध हुने भएको छ । बलम्बु वितरण केन्द्रका दुईवटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रमा आज बिहान र बेलुका विद्युत् अवरुद्ध हुनेछ । मातातीर्थ फिडरअन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । […]

Feb 8, 2025 - 03:54
 0
काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत् सेवा अवरुद्ध हुँदै

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

बलम्बु वितरण केन्द्रका दुईवटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रमा आज बिहान र बेलुका विद्युत् अवरुद्ध हुनेछ ।

मातातीर्थ फिडरअन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यस क्षेत्रमा सडक चौडा पार्ने काम र नयाँ ट्रान्सफर्मर निर्माणका कारण एक घण्टा बिजुली आपूर्ति अवरुद्ध हुनेछ ।

बलम्बु वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत कञ्चन गेट, बोसिगौ, बौथली, सतुङ्गल चोक क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

यहाँका सडक चौडा गर्ने र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कामका लागि फिडर बन्द राख्नु परेको बताइएको छ ।

यस्तै जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत मूलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माई मन्दिर, मूलपानी खरे, दुमाखाल, बाबाचोकजस्ता क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत् कटौती हुनेछ । त्यहाँ आवश्यक कामका लागि फिडर बन्द राख्नुपर्ने भएकाले बिजुली आपूर्ति बन्द गर्न लागिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register