पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पहाडी भेगमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै कारण अहिले देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जनसहित […]

May 1, 2025 - 01:49
 0
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले पहाडी भेगमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै कारण अहिले देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने  महाशाखाले जानकारी दिएको छ। पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक-दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै, देशका हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको समेत पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

आज राति देशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकीलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register