गण्डकी प्रदेश सांसद गुरुङले भेटिन् बेलायती मन्त्री

लन्डन । हाल बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले बेलायतको सेवा, साना ब्यवसाय तथा निर्यात मन्त्री ग्यारेथ थोमससँग भेट गरेकी छन् । भेटका क्रममा सांसद गुरुङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, देउ बहादुर गुरुङ समेत सहभागी थिए । नेपाली प्रतिनिधिमण्डलले मन्त्री थोमससंग विशेष गरि नेपालको पर्यटन प्रवर्धन, विकास सहायता, वैदेशिक […]

Feb 8, 2025 - 14:26
 0
गण्डकी प्रदेश सांसद गुरुङले भेटिन् बेलायती मन्त्री

लन्डन । हाल बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले बेलायतको सेवा, साना ब्यवसाय तथा निर्यात मन्त्री ग्यारेथ थोमससँग भेट गरेकी छन् ।

भेटका क्रममा सांसद गुरुङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, देउ बहादुर गुरुङ समेत सहभागी थिए ।

नेपाली प्रतिनिधिमण्डलले मन्त्री थोमससंग विशेष गरि नेपालको पर्यटन प्रवर्धन, विकास सहायता, वैदेशिक लगानी, भूतपूर्व गोर्खा मुद्दा समाधान लगायत विषयमा छलफल गरेको थियो ।

सांसद गुरुङले पर्यटन प्रवर्धनसंगै बेलायत र नेपाल सरकारबीच नागरिकस्तरमा सांस्कृतिक भ्रमणहरु गर्न सके दुई देशको सांस्कृतिक आदान प्रदानमा टेवा पुग्ने बताइन् । यस्ता नागरिक भ्रमणहरु गर्न सकिए दुई देशका नागरिकहरुबीच सम्बन्ध अझ मजवुत बनाउन सकिने वोध दुवै पक्षलाई भएको उनले बताइन् ।

भेटघाटका क्रममा सांसद गुरुङले मन्त्री थोमससंग नेपालको हाइड्रो पावरमा अत्यधिक सम्भावना रहेको औंल्याउंदै बेलायती लगानीमा पहल गर्न अनुरोध गरेकी थिइन् ।

सांसद गुरुङले मन्त्री थोमससंग भूपू ब्रिटिश गोर्खाको पेन्सन लगायत अन्य सेवा सुविधा सम्बन्धमा पनि छलफल गरेकी थिइन् । विशेष गरेर सांसद गुरुङले भूपू गोर्खाहरुको माग बेलायत सरकारले यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिइन् ।


भेटको अन्त्यमा सांसद गुरुङले हाल बेलायतमा थुप्रै नेपाली विद्यार्थी पढ्न आएका तर बेलायत सरकारको नियम अनुसार विद्यार्थीहरुले हप्ताको २० घण्टा काम गर्न पाउने प्रावधान पर्याप्त नभएको बताएकी थिइन् ।

२० घण्टाको कमाइले बेलायतको महंगीमा खाना बस्न विद्यार्थीलाई असहज भएको प्रग स्मरण गराउंदै काम गर्न पाउने समय बढाउन पहल गर्न अनुरोध गरेकी थिइन् ।

मन्त्री थोमसले भूपू गोर्खाहरुको विषयमा बेलायती रक्षा मन्त्रीसँग कुरा गरि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बेलायती मन्त्री थोमसले वास्तवमै नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको र नेपालको प्राकृतिक सौन्दर्यताबारे प्रचार प्रसार एवं प्रवर्धन गर्न सके नेपालको आर्थिक विकास समेत हुने धारणा राखेका थिए ।

सांसद गुरुङ क्वोने-घोताने-घोन्डे तमु समाज यूकेको निमन्त्रणामा बेलायत आएकी हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register