नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन सुरु

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी महाधिवेशन २९ माघसम्म चल्नेछ । अहिले विभिन्न दलका नेताले महाधिवेशनमा शुभकामना व्यक्त गरिरहेका छन् । महाधिवेशन व्यवस्थापन समितिकाअनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । महाधिवेशनका लागि एक हजार पाँच सय […]

Feb 9, 2025 - 07:36
 0
नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशन सुरु

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशन सुरु भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा जारी महाधिवेशन २९ माघसम्म चल्नेछ । अहिले विभिन्न दलका नेताले महाधिवेशनमा शुभकामना व्यक्त गरिरहेका छन् ।

महाधिवेशन व्यवस्थापन समितिकाअनुसार देशभरबाट एक हजार ५ सय प्रतिनिधि महाधिवेशनमा सहभागी छन् ।

महाधिवेशनका लागि एक हजार पाँच सय जना महाधिवेशन प्रतिनिधिमध्ये एक हजार तीन सय ५० जना चुनिएर आएका छन् भने बाँकी मनोनीत हुन् । नेसपामा १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ ।

पार्टीमा ११ सदस्यीय पदाधिकारी रहनेछन् । एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहन्छन् ।

कात्तिक ५ देखि ६ गतेसम्म पोखरामा भएको प्रथम विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्नुको साथै केन्द्रीय समितिको आकार घटाएको थियो । अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, पदाधिकारी ११ सदस्यीय हुने व्यवस्था पारित गरेको थियो । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति , १ मधेसी , १ खसआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुने व्यवस्था छ । निर्वाचन समिति ३३ सदस्यीय हुनेछन् । सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको थियो ।

पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको थियो । त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको थियो । नेसपा (नयाँ शक्ति) ले मनोनीतबाहेक अरू पदमा सकेसम्म प्रतिस्पर्धा गराउने तयारी गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले बताए ।

नेसपा (नयाँ शक्ति) मा करिब ३० हजारले पार्टी सदस्यता नवीकरण गरेको बताइएको छ । २० जना पार्टी सदस्य बराबर एक जना महाधिवेशन प्रतिनिधि आउने व्यवस्थाअनुसार कतै निर्वाचत त कतै सर्वसम्मत रूपमा आएको शर्माले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register