सामाजिक सञ्जाल विधयेकविरुद्ध अनलाइन टीभी पत्रकार आन्दोलनमा

काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टीभी पत्रकार सङ्घले आन्दोलनमा उत्रिएको छ । सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टीभीकर्मी (युट्युबर)हरूले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले ‘आलेचना गर्ने अधिकार खोस्न पाइँदैन’लगायत नारा लगाएका थिए । सामान्य आग्रहबाट मात्रै सरकार […]

Feb 9, 2025 - 08:03
 0
सामाजिक सञ्जाल विधयेकविरुद्ध अनलाइन टीभी पत्रकार आन्दोलनमा

काठमाडौं । सरकारले राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल विधयेक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टीभी पत्रकार सङ्घले आन्दोलनमा उत्रिएको छ ।

सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टीभीकर्मी (युट्युबर)हरूले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘आलेचना गर्ने अधिकार खोस्न पाइँदैन’लगायत नारा लगाएका थिए ।

सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरूले नटेरेपछि आफूहरू आन्दोलन उत्रिएको सङ्घका अध्यक्ष जीवन भण्डारीले बताए ।

यसअघि सङ्घका पदाधिकारी र अनलाइन टीभीकर्मीहरूको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनै पर्ने निश्कर्ष निकालेको थियो ।

अनलाइन टीभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृति र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरमा नियन्त्रणको नियत राखेको सङ्घको ठहर छ ।

विधेयकका कतिपय व्यवस्थाले आफूहरूको पेशा मात्रै सङ्कटमा नपारी आलोचना र खबरदारी गर्ने नागरिक अधिकारसमेत खोसिने दाबी सङ्घको छ ।

सङ्घले नागरिक अधिकार नै कुण्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिक पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register