शिवसताक्षीको दुधे माविका विद्यार्थी बनाए इभी बाइक

सरोज भट्टराईशिवसताक्षी, २७ माघ । झापा शिवसताक्षीका एक सामुदायिक विद्यायलका विद्यार्थीहरुले विजुलीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् । शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थीहरु मिलेर इभी मोटरसाइकल निर्माण गरेका हुन् । उनीहरुले श्री राष्ट्रिय रमणीय आदर्श मावि [...] The post शिवसताक्षीको दुधे माविका विद्यार्थी बनाए इभी बाइक appeared first on Jhapa Online.

Feb 9, 2025 - 14:34
 0
शिवसताक्षीको दुधे माविका विद्यार्थी बनाए इभी बाइक

सरोज भट्टराई
शिवसताक्षी, २७ माघ ।
झापा शिवसताक्षीका एक सामुदायिक विद्यायलका विद्यार्थीहरुले विजुलीबाट चल्ने मोटरसाइकल निर्माण गरेका छन् ।

शिवसताक्षीको दूधेमा रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत तीन विद्यार्थी र स्थानीय क्याम्ब्रिज अंग्रेजी माविमा अध्ययन गर्ने एकजना विद्यार्थीहरु मिलेर इभी मोटरसाइकल निर्माण गरेका हुन् । उनीहरुले श्री राष्ट्रिय रमणीय आदर्श मावि ५५ औं वार्षिकोत्सव पारेर उक्त मोटर साइकल सार्वजनिक गरेका थिए ।

श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रशन्न दवाडी, सन्देश बराल, निशान शकर र क्याम्ब्रिज विद्यालय कक्षा ८ मा अध्ययनरत उज्ज्वल घिमिरेले मोटरसाइकल निर्माण गरेका हुन् ।

मोटरसाइकल निर्माण गर्ने चार जना विद्यार्थीहरुलाई दूधे माविका पूर्व प्रधानाध्यापक कालीप्रसाद रिजालले आफ्नो जन्म दिनको अवसर पारेर नगद रकम प्रदान गरेका छन् । उनले आफु ६० औ वर्ष पुगेको र जीवनका ३५ औं वर्ष यस विद्यालयमा अध्यापन गराएकाले विद्यालयमा अध्ययनरत इलेक्ट्रोनिक्स मोटर साइकल बनाउने ४ जना प्रतिभावान विद्यार्थीहरुलाई प्रात्साहन स्वरुप नजही ५ हजार र विद्यालयका जेहेन्दार अतिरिक्त क्रियाकलपमा अग्रणी भुमिका खेल्ने विराट लामगादेलाई ५ हजार गरी जम्मा २५ हजार प्रदान गरेका बताए । नयाँ सोच र नयाँ काम गर्ने चाहने विद्यार्थीहरुलाई सँधै हामीले हौसला प्रदान गर्दै अगाडी बढाउनु पर्ने उनको भनाई थियो ।

विद्यार्थीहरुले निर्माण गरेको मोटरसाइलमा पुरानो बाइकको चेचिस, पांग्रालगायतको सामाग्रीहरु प्रयोग गरिएको छ। मोटरसाइकलको अगाडी डिक्स ब्रेक र डिजिटल डिस्पेले समेत रहेको विद्यार्थी प्रशन्न दवाडीले बताए । मोटरसाइकल प्रति घण्टा ४७ किलोमिटरको स्पिड सम्म कुदाउन मिल्छ ।

उनले भने, हामीले यो पाँच दिन लगाएर निर्माण गरेका हौ । जसमा भएको व्याट्रीले मोटर चलाउनछ र इलेक्टोनिक्स डिभाइस मार्फत मोटरको पावर सन्तुलन मिलाई मोटरसाइक्ल गुड्ने गर्छ । मोटरसाइकल स्थानीय ग्यारेजमा निर्माण गरिएको विद्यालयले जनाएको छ ।

मोटर साइकल निर्माण गर्न शिवसताक्षी नगरपालिकाले प्रत्साहन स्वरुप १७ हजार प्रदान गरेको विद्यार्थी सन्देश बरालले जानकारी दिए । मोटरसाइल फुल चार्ज गर्न २ घण्टा लाग्ने सेन्सर सहितको भएको बरालले बताए । चार जना विद्यार्थीले गएको वर्ष चार पाङ्ग्रे गाडी समेत निर्माण गरेका थिए । त्यही गाडीको पुराना सामानहरुको सहयोगमा मोटर साइकल निर्माण गरेको उनीहरुको भनाई छ । मोटर साइकल निर्माण गर्न बस्नेत गृल, रविन सिटी सेन्टरले सहयोग गरेको बताइएको छ ।

मोटरसाइकल सार्वजनिक गर्दा, मोटर साइकल निर्माण गर्ने विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उनीहरुको कामलाई प्रशंसा गरेका थिए । नगरप्रमुखले उक्त मोटरसाइकल समेत कुदाएका थिए ।

The post शिवसताक्षीको दुधे माविका विद्यार्थी बनाए इभी बाइक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register