आज गृहमन्त्रीसँग पाथिभरामा केवलकार विवादका आन्दोलनरत पक्षधरसँग वार्ता

झापा, २८ माघ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ । “वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव [...] The post आज गृहमन्त्रीसँग पाथिभरामा केवलकार विवादका आन्दोलनरत पक्षधरसँग वार्ता appeared first on Jhapa Online.

Feb 10, 2025 - 02:16
 0
आज गृहमन्त्रीसँग पाथिभरामा केवलकार विवादका आन्दोलनरत पक्षधरसँग वार्ता

झापा, २८ माघ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

“वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो ।

वार्तापछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ ।

यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले भने अब कर्मचारीस्तरमा वार्ता नगर्ने जनाएको छ । आज गृहमन्त्री रमेश लेखकसँग छलफल हुने वार्ताटोलीका सदस्य सरस्वता सिङ्गकले बताउनुभयो ।

The post आज गृहमन्त्रीसँग पाथिभरामा केवलकार विवादका आन्दोलनरत पक्षधरसँग वार्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register