आधा करोड खर्चेर ४३ जना सांसदका लागि नयाँ ल्यापटप खरिद गर्दै सुदूरपश्चिम सरकार
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सांसदहरूका लागि नयाँ ल्यापटप खरिद गरि दिने भएको छ । प्रदेश सरकारको आर्थिक मामला मन्त्रालयबाट बजेट विनियोजन गरेर नयाँ ल्यापटप खरिद गर्न लागिएको जानकारी प्रदेश सभा सचिव देवबहादुर बोगटीले दिए । उनले भने, “४३ जना सांसदलाई ल्यापटप खरिद गर्नका लागि टेन्डर आह्वान गरेका छौँ,” मन्त्रालयले यसका लागि ४७ लाख रुपैयाँ विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । जसमध्ये मन्त्री पदमा रहेका १० जनालाई छोडेर बाँकी ४३ जनाका लागि नयाँ ल्यापटप खरिद गर्न लागिएको...

What's Your Reaction?






