बिर्तामोडबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, २९ माघ । झापाको बिर्तामोड नगरपालिका–६ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ बिर्तामोड–६ स्यालडाँगीमा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी आफ्नै घरमा लागुऔषध सेवन गर्दै गरेको फेला परेका थिए । उनलाई नियन्त्रणमा लिएर शरीर र कोठामा खान्तलासी लिँदा प्रतिबन्धित लागुऔषध [...] The post बिर्तामोडबाट ब्राउनसुगरसहित एक जना पक्राउ appeared first on Jhapa Online.

Feb 11, 2025 - 03:13
 0
बिर्तामोडबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, २९ माघ । झापाको बिर्तामोड नगरपालिका–६ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ बिर्तामोड–६ स्यालडाँगीमा अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी आफ्नै घरमा लागुऔषध सेवन गर्दै गरेको फेला परेका थिए । उनलाई नियन्त्रणमा लिएर शरीर र कोठामा खान्तलासी लिँदा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लास्टिकसहित २ ग्राम ६३० मिलिग्राम (प्लास्टिक बाहेक ३२० मिलिग्राम) र गाँजा ४ ग्राम १५० मिलिग्राम फेला परेकोले उक्त लागुऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post बिर्तामोडबाट ब्राउनसुगरसहित एक जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register