समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्यास्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । मंगलबार शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएरै उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका छन् । उनले आयोजनामा के कारणले समस्या देखिएको हो त्यसबारे पहिचान गरि तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिए। मंगलबार मनत्रालयमै भएको छलफलमा शहरी विकास तथा […]

Feb 11, 2025 - 07:56
 0
समस्याग्रस्त आयोजनामा समाधान खोज्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

काठमाडौं ।

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समस्यास्त आयोजनाहरुमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएरै उनले समस्याग्रस्त आयोजनाबारे चासो राखेका छन् । उनले आयोजनामा के कारणले समस्या देखिएको हो त्यसबारे पहिचान गरि तत्काल समाधान निकाल्नुपर्नेमा जोड दिए।

मंगलबार मनत्रालयमै भएको छलफलमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन मचाकाजी महर्जन र नयाँ शहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालयअन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराएको थिए ।

सो क्रममा उनहरुले कतिपय आयोजनामा ठेकेदारले नियतवस काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजनाहरु भने अदालतमा मुद्दा परेकाले रोकिएको बताएका थिए ।

समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गिकरण गरेर कानूनसम्मत समाधानको उपाय खोज्नुपर्नेमा जोड दिए ।

उनले मन्त्रालयले सहजीकरण गर्र्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागिय प्रमुखहरुलाई ध्यानाकर्षण गराए। ‘

आयोजनामा भएको समस्या के हो रु र समाधानको उपाय के हुनसक्छ रु समस्या देखाउने मात्र नभई समाधानको विकल्प सहित तयारी गर्नुस् ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘ कार्यान्वयनमा लैजान नसक्ने काम छ भने त्यसमा के गर्ने कानूनसम्मत टुंगोमा पुग्नुपर्छ । काम गरिरहेको तर पूरा गर्न नसक्नेलाई मौका दिनसकिन्छ । तर, ठेक्का लिएर समय थप पछि थप मात्र गर्ने काम अब नहोस् । परिणाम आउने गरि काम गर्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले विकास निर्माणका काम वर्षौसम्म अलपत्र पार्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्ने भन्दै अब नागरिकले परिवर्तनको महसुस गर्ने गरि आयोजनाहरु अघि बढाउनुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register