धनराज राईको हत्या भएको आशंका, छोरा बुहारीसहित ६ जना पक्राउ

झापा, २९ माघ । इलाम सूर्योदय– ११ सुन्तले संयुक्त टोल बस्ने ५० वर्षीय धनराज राईको हत्या भएको आशंकामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, सोही ठाउँ बस्ने २६ वर्षीय निशान राई , २० वर्षीय राजिव राई,२३ वर्षीय दिवस राई, मृतकका छोरा २९ [...] The post धनराज राईको हत्या भएको आशंका, छोरा बुहारीसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

Feb 11, 2025 - 09:01
 0
धनराज राईको हत्या भएको आशंका, छोरा बुहारीसहित ६ जना पक्राउ

झापा, २९ माघ । इलाम सूर्योदय– ११ सुन्तले संयुक्त टोल बस्ने ५० वर्षीय धनराज राईको हत्या भएको आशंकामा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सूर्योदय–११ सुन्तले बस्ने २४ वर्षीय सुमन राई, सोही ठाउँ बस्ने २६ वर्षीय निशान राई , २० वर्षीय राजिव राई,२३ वर्षीय दिवस राई, मृतकका छोरा २९ वर्षीय मंगेश भनिने एडवर्ड राई र उनकी श्रीमती २६ वर्षीया मालती तामाङ राई रहेका छन् ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएर उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।

घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।घटनास्थलको कानुनी प्रकृयापश्चात् राईको शवलाई पोस्टमार्टमको लागि फिक्कल अस्पताल पठाइएको छ । हिजो धनराज राई आफ्नै तीनतले घरको भुइँतलामा आफू सुत्ने कोठामा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।

The post धनराज राईको हत्या भएको आशंका, छोरा बुहारीसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register