रोकियो बबरमहलमा पाइप फुटेर निस्केको पानी
काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा निस्केको पानी रोकिएको छ । विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा साढे २ बजे पाइप फुटेपछि निस्केको पानी साढे ६ बजे पछि मात्रै रोकिएको हो । उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि पानी रोकिएको बताइएको छ । पानीले बबरमहल क्षेत्रमा सवारी आवागमनससेत प्रभावित […]

काठमाडौं । बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा निस्केको पानी रोकिएको छ ।
विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा साढे २ बजे पाइप फुटेपछि निस्केको पानी साढे ६ बजे पछि मात्रै रोकिएको हो ।
उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि पानी रोकिएको बताइएको छ ।
पानीले बबरमहल क्षेत्रमा सवारी आवागमनससेत प्रभावित भएको थियो । उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको थियो ।
What's Your Reaction?






