कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

भोजपुर, २६ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई घटनाको २४ वर्षपछि पक्राउ गरेको छ । भोजपुरको सविक ठुलोदुम्मा गाविस–८ का विजयकुमार राईलाई शान्तकुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएकोमा विजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको [...] The post कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ appeared first on Jhapa Online.

Mar 10, 2025 - 13:31
 0
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

भोजपुर, २६ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई घटनाको २४ वर्षपछि पक्राउ गरेको छ ।

भोजपुरको सविक ठुलोदुम्मा गाविस–८ का विजयकुमार राईलाई शान्तकुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएकोमा विजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।

घटना पश्चात तत्काल भागी फरार रही लुकिछिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाइएको छ ।

The post कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register