प्रतिबन्धित लागुऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा

झापा, ११ चैत । झापा, मोरङ र उदयपुरबाट चैत्र १० गते प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका देश भारत जिल्ला किसानगन्ज–२ का २३ वर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा [...] The post प्रतिबन्धित लागुऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

Mar 24, 2025 - 05:56
 0
प्रतिबन्धित लागुऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा

झापा, ११ चैत । झापा, मोरङ र उदयपुरबाट चैत्र १० गते प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा परेका छन् ।

इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका–१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका देश भारत जिल्ला किसानगन्ज–२ का २३ वर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित मोरङ केराबारी गाउँपालिका–७ का २३ वर्षीय सनम राई र २७ वर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ वर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

The post प्रतिबन्धित लागुऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register