विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी,  दुईजना पक्राउ

भक्तपुर।  वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भई बनेपा नगरपालिका-६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्। जिल्ला प्रहरी परिसर भक्तपुरको […]

Feb 14, 2025 - 15:38
 0
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी,  दुईजना पक्राउ

भक्तपुर।

 वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भई बनेपा नगरपालिका-६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दुवै जनालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान थालेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेले बताए।

अधिकारी र थापाले १४ जना व्यक्तिबाट उक्त बराबरको रकम ठगी गरेको आरोप छ। क्यानडा, अजरबैजान र मोरिसस लैजाने भन्दै दुबैले रकम संकलन गर्न थालेका थिए। तर, रोजगारीमा नपठाई लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। उजुरीपछि परिसरले अधिकारी र थापाको खोजी गरिरहेको थियो।

न्यौपानेका अनुसार उनीहरूले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुनसक्ने आशंका गरिएको छ। कोही ठगिएको भए परिसरमा उजुरी दिन आउन न्यौपानेले अनुरोध गरे।

पक्राउ परेका दुबैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register