‘अज्ञात’ सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुर्घटना गराउने चालकको खोजी हुँदै

जनकपुरधाम । महोत्तरीको वर्दिबासमा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार बर्दीबास– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । शनिबार साँझ सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका बर्दिबास– ४ का ६० वर्षीय दलबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि बर्दिबासस्थित शुभ […]

Feb 16, 2025 - 00:48
 0
‘अज्ञात’ सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुर्घटना गराउने चालकको खोजी हुँदै

जनकपुरधाम । महोत्तरीको वर्दिबासमा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार बर्दीबास– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।

शनिबार साँझ सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका बर्दिबास– ४ का ६० वर्षीय दलबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते तामाङलाई उपचारका लागि बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

अस्पताल स्रोतका अनुसार ठक्करबाट टाउकोमा गहिरो चोट लागेका कारण अत्यधिक रक्तश्रावका कारण तामाङको मृत्यु भएको हो ।

जङ्गल क्षेत्रको सडकखण्डमा तामाङलाई ठक्कर दिएर चालक सवारीसाधनसहित फरार भएका थिए । यसैले उनलाई कुन सवारीले ठक्कर दिएको हो खुल्न सकेको छैन ।

बर्दिबास प्रहरीले दुर्घटनास्थलको सघन अनुसन्धानका साथै फरार सवारी चालकको पहिचान र खोजतलास भइरहेको जनाएको छ । तामाङको शव असपतालमै रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register