धर्मान्तरणमा लगानी गरेको विषयमा अमेरिकालाई कूटनीतिक नोट लेख्न माग

काठमाडौँ । अमेरिकाले नेपालमा धार्मान्तरणमा गरेको लगानीका सम्बन्धमा कूटनीतिक नोट पठाउनुपर्ने विषय संसदमा उठेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद धवल शम्शेर राणाले सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाउनुपर्ने माग गरेका हुन् । नेपालमा धर्म परिवर्तनको लागि १४ अर्ब बजेट अमेरिकाले खर्च गरेको विषय भारतीय लोकसभामा  पनि उठेको उनले बताएका छन् । यस सन्दर्भमा नेपाल […]

Feb 16, 2025 - 08:09
 0
धर्मान्तरणमा लगानी गरेको विषयमा अमेरिकालाई कूटनीतिक नोट लेख्न माग

काठमाडौँ । अमेरिकाले नेपालमा धार्मान्तरणमा गरेको लगानीका सम्बन्धमा कूटनीतिक नोट पठाउनुपर्ने विषय संसदमा उठेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद धवल शम्शेर राणाले सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाउनुपर्ने माग गरेका हुन् ।

नेपालमा धर्म परिवर्तनको लागि १४ अर्ब बजेट अमेरिकाले खर्च गरेको विषय भारतीय लोकसभामा  पनि उठेको उनले बताएका छन् । यस सन्दर्भमा नेपाल सरकारले अमेरिकालाई कूटनीतिक नोट पठाउनु पर्ने राणाको माग छ ।

‘अमेरिकी सरकारलाई दूतावासमार्फत डिप्लोम्याटिक नोट पठाएर यो विषयमा के भएको हो कसो भएको हो भन्ने जानकारी लिन विनम्र अनुरोध गर्दछौँ । र, अमेरिकी सरकारको जवाफ समेत संसदमा पेस गर्न माग गर्दछु,’ राणाले भने ।

भारतमा  धर्मान्तरणको विषय जोडतोडले उठे पनि नेपाल सरकारले चासो नदेखाएको आरोप उनले लगाए । ‘नेपाललाई किन धर्म निरपेक्ष बनाइएको भन्ने कुरा बल्ल खुल्न आएको छ । यसको दोषी को हो ? यसमा छानबिन हुनु पर्‍यो सभामुख महोदय,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register