भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ।  काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ चिसापानी घर भई काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङ रहेका छन् ।  गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३-०२-०२० प ९८ ७९ नम्बरको केटीएम दूके  मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले […]

Feb 16, 2025 - 09:59
 0
भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ। 

काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका २ बाट गत शुक्रबार भन्सार छली ल्याइएको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ चिसापानी घर भई काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङ रहेका छन् । 

गुरुङले चलाई हिँडेको अवस्थामा प्रदेश ३-०२-०२० प ९८ ७९ नम्बरको केटीएम दूके  मोटरसाइकल फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको सिलसिलामा उक्त मोटरसाइकल विगतमा भन्सार चोरी पैठारी गरी आएको हुँदा थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि मोटरसाइकलसहित नियन्त्रणमा आएका गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register