कोशी प्रदेश सरकारको मुख्य डोमेनमा भएका २१ भन्दा बढी वेबसाइट ह्याकरको कब्जामा
काठमाडौं । कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी सबडोमेन वेबसाइटहरू ह्याकरको कब्जामा पुगेका छन् । आफूलाई वाईएनआर (yNR) भनेर चिनाउने ह्याकर समूहले कोशी प्रदेशको मुख्य डोमेन अन्तर्गत रहेका अधिकांश वेबसाइट कब्जामा लिएको हो । ह्याकरले १३ जनवरीमा जोन- एच (Zone-H) पोर्टलमा पोस्ट राख्दै आफूले कोशी प्रदेश अन्तर्गतका विभिन्न सबडोमेन कब्जामा लिएको दाबी गरेको छ । उक्त पोस्टमा २१ वटा सबडोमेन वेबसाइटहरू रहेको देखिन्छ । अधिकांश वेबसाइटहरू जिल्ला वन कार्यालयसँग सम्बन्धित छन्। साइबर सुरक्षा अनुसन्धानकर्ता एवं विश्ल...

What's Your Reaction?






