शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव मनाइयो

बिर्तामोड, ४ फागुन । शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव आज विविध कार्यक्रम गरी मनाइएको छ। झापाको बिर्तामोड २ मा रहेको स्कुलले विद्यालय परिसरमै विविध कार्यक्रमकाबिच वार्षिक उत्सव मनाइएको हो। बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो । प्रमुख अतिथि [...] The post शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव मनाइयो appeared first on Jhapa Online.

Feb 16, 2025 - 16:16
 0
शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव मनाइयो

बिर्तामोड, ४ फागुन । शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव आज विविध कार्यक्रम गरी मनाइएको छ। झापाको बिर्तामोड २ मा रहेको स्कुलले विद्यालय परिसरमै विविध कार्यक्रमकाबिच वार्षिक उत्सव मनाइएको हो।

बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।

प्रमुख अतिथि पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शिकोप अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै गएको बताए । स्कूलले वार्षिक उत्सवमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरेको थियो ।

वार्षिक उत्सवमा विद्यार्थीहरूले नृत्य, गायन, स्पिच लगायतका आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि पौडेल, बिशेष अतिथि केशर खवास, बिर्तामोड कार्यपालिका सदस्य तिला गौतम लगायतले शुभकामना मनतब्य राखेका थिए । प्रिन्सिपल रेश्मा घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बिनु लिम्बु र तारा गौतमले गरेका थिए ।

शिक्षा शिको‌प निके‌तन नया सो‌च र‌ अवधार‌णासहित सहकार‌ी विधि र‌ प्रक्रियामार्फत खो‌लिएको‌ पहिलो‌ मण्टे‌श्वर‌ी विधिमा आधारि‌त स्कूल भएको शिक्षा बहुउद्दे‌श्यीय सहकारीका अध्यक्ष सुब्रत न्यौपानेले बताए । उनले स्कुलको‌ सञ्चालन एवम् व्यवस्थापन शिक्षा बहुउद्दे‌श्यीय सहकार‌ीले गर्दै आएको उनले जानकारी दिए ।

२०७७ फागुन ४ गते‌ शिक्षा शिको‌प निके‌तन स्थापना भएको‌ हो‌ । अभिभावकको‌ माग, आवश्यकता र‌ चाहनाका आधार‌मा यो‌ विद्यालय सञ्चालन भइर‌हे‌को‌ छ ।

अहिले‌ स्कूल आफ्नै‌ भवनमा बिर्तामो‌ड–२ दे‌वी पञ्चकन्यामा सञ्चालन भइर‌हे‌को‌ छ । सहकार‌ी संस्थाले‌ विद्यालय÷क्याम्पस सञ्चालनका लागि बिर्तामो‌ड–२ मा १० कठ्ठा जग्गा खरि‌द गरि‌सके‌को‌ भए पनि पूर्वाधार‌ निर्माण र‌ व्यवस्थापनमा समय लाग्ने‌ भएकाले‌ प्रार‌म्भिकरुपमा मण्टे‌श्वर‌ी विधिमा आधारि‌त पूर्वप्राथमिक तहको‌ स्कूल मात्रै‌ सञ्चालनमा छ । आगामी शै‌क्षिक सत्रदे‌खि आधार‌भूत तहका कक्षा सञ्चालन गर्ने यो‌जना बनाइएको‌ छ ।

The post शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव मनाइयो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register