विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्न ध्यानाकर्षण

काठमाडौं । हमासको नियन्त्रणमा रहेका  कञ्चनपुरका विपिन जोशीको रिहाइ लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले इजरायलसमेत नेपालले अन्तर्राष्ट्रिय समुदायको सहयोग खोज्नुपर्ने बताएकाले यसमा विलम्ब गर्न नहुने बताए । “इजरायली राजदूतसँग सभामुखले भेट गर्दा राजदूतले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पनि विपीनको रिहाइको […]

Feb 17, 2025 - 08:03
 0
विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्न ध्यानाकर्षण

काठमाडौं । हमासको नियन्त्रणमा रहेका  कञ्चनपुरका विपिन जोशीको रिहाइ लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले इजरायलसमेत नेपालले अन्तर्राष्ट्रिय समुदायको सहयोग खोज्नुपर्ने बताएकाले यसमा विलम्ब गर्न नहुने बताए ।

“इजरायली राजदूतसँग सभामुखले भेट गर्दा राजदूतले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग पनि विपीनको रिहाइको पहल गर्नुपर्ने जानकारी गराएका थिए । सरकारले यसतर्फ पहलकदमी गर्नुपर्‍यो,” उनले भने ।

सभामुख देवराज घिमिरेले नेपालका लागि इजरायली राजदूत गोडेर गोल्डवेरगरबीच गत पुस १८ मा भेटघाट भएको थियो । उक्त भेटमा सभामुख घिमिरेले विपिन निर्दोष रहेको भन्दै उनको सकुशल रिहाइका लागि अपिल गरेका थिए ।

राजदूत गोल्डवेगरले जोशी सकुशल रहेपनि तीन महिनासम्मपनि  रिहाइ नहुनु दु:खद् रहेको भन्दै नेपालले अन्य अन्तर्राष्ट्रिय समुदायसँग पनि रिहाइको पहल गर्नुपर्ने बताएका थिए ।

हालै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारस्थित विदेश राज्यमन्त्री सुल्तान बिन साद अलमुराइखीसँग ओमनको राजधानी मस्कटमा भेट गर्दै विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।

हमासले पटक-पटक बन्धक रिहाइ गरेपनि विपीन जोशी रिहाइ हुन सकेका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register