जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, रोचक बन्दै उपाधि भिडन्त

काठमाडौं । जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मङ्गलबार बिहान घरेलु मैदानमा भएको खेलमा रायो भालोकानोलाई सोमवार १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोनाका लागि रोर्बट लेवान्डोस्कीले गोल गरे । उनले खेलको २८औं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बनेको हो । यससँगै बार्सिलोनाले […]

Feb 18, 2025 - 03:27
 0
जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, रोचक बन्दै उपाधि भिडन्त

काठमाडौं । जितसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

मङ्गलबार बिहान घरेलु मैदानमा भएको खेलमा रायो भालोकानोलाई सोमवार १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाका लागि रोर्बट लेवान्डोस्कीले गोल गरे । उनले खेलको २८औं मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक बनेको हो ।

यससँगै बार्सिलोनाले आफ्नो सदावहार प्रतिद्वन्द्वी रियल मड्रिडलाई पछि पारेको छ । २४ खेलबाट दुवै टोलीको समान ५१ अङ्क भएपनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

समान खेलबाट ५० अङक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । यसर्थ पहिलो र दोस्रो स्थानमा रहेका दुई क्लबको समान ५१ अङ्क र तेस्रो स्थानको ५० अङ्क भएसँगै ला लिगा उपाधि भिडन्त रोचक बनेको छ ।

एथ्लेटिक क्लब बिल्बाओ ४५ अङ्कसँगै चौथो तथा ४१ अङ्क जोडेको भिल्लारियाल लिगको पाँचौं स्थानमा छ ।

बार्सिलोनासँग पराजित भालोकानो २४ खेलमा ३५ अङ्कका साथ छैठौं स्थानमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register