नेपालमा बसेर १ अर्ब ६४ करोड बराबरको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ
काठमाडौं । एक अर्ब ६४ करोड रुपैयाँ बराबरको अनलाइन जुवा खेलाउने २४ भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले बेटिङ एप 'स्काई एक्सचेन्ज'मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूमा सट्टाबाजी गर्ने गरेको प्रहरीले जनाएको छ । भारतीय एजेन्टहरूसँग ह्वाट्सएप र टेलिग्राममा सम्पर्क गरी अनलाइन जुवा खेलाउने र हारजित भएको रकम भारतको विभिन्न बैंक खाताबाट जम्मा गर्ने र निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ...

What's Your Reaction?






