एफबीआईको निर्देशकमा भारतीय मूलका पटेल नियुक्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) को निर्देशकमा नियुक्त गरेका छन् । यस नियुक्तिको लागि पटेलले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । “एफबीआईको नवौं निर्देशक हुन पाउँदा म गहिरो सम्मानित छु । म राष्ट्रपति ट्रम्प र महान्यायाधिवक्ता बोन्डीलाई ममाथि विश्वास गरेकोमा धन्यवाद दिन्छु,” उनले ट्विटरमा लेखे । […]

Feb 21, 2025 - 05:23
 0
एफबीआईको निर्देशकमा भारतीय मूलका पटेल नियुक्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) को निर्देशकमा नियुक्त गरेका छन् ।

यस नियुक्तिको लागि पटेलले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।

“एफबीआईको नवौं निर्देशक हुन पाउँदा म गहिरो सम्मानित छु । म राष्ट्रपति ट्रम्प र महान्यायाधिवक्ता बोन्डीलाई ममाथि विश्वास गरेकोमा धन्यवाद दिन्छु,” उनले ट्विटरमा लेखे ।

डेमोक्र्याटिक पार्टीका सबै सांसदहरूका साथै रिपब्लिकन पार्टीका दुई सांसद सुसान कोलिन्स र लिसा मुर्कोवस्कीले पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका थिए ।

पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा उनको साथमा काम गरेका थिए ।

४४ वर्षीय पटेलले वकिलको रूपमा आफ्नो करियर सुरु गरेका थिए । उनले हत्या, लागूपदार्थ र जटिल आर्थिक अपराध सम्बन्धी मुद्दाहरूमा अदालतमा बहस गरेका छन् ।

अमेरिकी रक्षा मन्त्रालयकाअनुसार उनले कार्यवाहक अमेरिकी रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफको रूपमा काम गरिसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register