ठूलो संख्यामा सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा, कामकाज र काज खटाउने निर्णय गरेको हो। सरुवा हुने सहसचिवहरूमा रुद्र बहादुर कार्कीलाई लोक सेवा आयोगमा पठाइएको छ भने यज्ञ पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको […]

Apr 22, 2025 - 15:29
 0
ठूलो संख्यामा सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा, कामकाज र काज खटाउने निर्णय गरेको हो।

सरुवा हुने सहसचिवहरूमा रुद्र बहादुर कार्कीलाई लोक सेवा आयोगमा पठाइएको छ भने यज्ञ पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको छ।

त्यसैगरी, रोशन ज्ञवाली उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् भने मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लुम्बिनी प्रदेशमा कामकाज गर्न तोकिएको छ।

मुक्तिराम अर्याल पनि लोकसेवा आयोगमा सरुवा भएका छन्। यसैगरी, मुकेश डंगोललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजमा खटाइएको मन्त्रालयले जनाएको छ।

को कहाँ ? हेर्नुस् सूची

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register