देशमै रोजगारी सृजना गर्नुपर्छ: सांसद अर्याल

काठमाडौँ । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्ने बताएकी छिन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने भन्दै देशमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी हुन् । साथै, बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने […]

Feb 23, 2025 - 10:33
 0
देशमै रोजगारी सृजना गर्नुपर्छ: सांसद अर्याल

काठमाडौँ । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्ने बताएकी छिन् । राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन्।

सांसद अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने भन्दै देशमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी हुन् ।

साथै, बजेट परिचालनलाई पारदर्शी बनाउँदै अनुदान रकमको सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।  उनले स्वाभिमान अर्थतन्त्रको निर्माणभन्दा पनि वैदेशिक रोजगारी, विप्रेषणमा मात्र भरपर्न नहुने बताएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register