प्युठान घटना : ‘विवाह गर्न नसकेको’ भन्दा काका-काकीको हत्या

काठमाडौं । प्रहरीले प्युठानमा दम्पती हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पङ्कज परियार छन् । उनी मृतकका दाइका छोरा हुन् । यही शनिबार ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा मृत अवस्थामा फेला परेका थिए । पङ्कजलाई आइतबार पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख डीएसपी […]

Feb 23, 2025 - 12:24
 0
प्युठान घटना : ‘विवाह गर्न नसकेको’ भन्दा काका-काकीको हत्या

काठमाडौं । प्रहरीले प्युठानमा दम्पती हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पङ्कज परियार छन् । उनी मृतकका दाइका छोरा हुन् ।

यही शनिबार ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा मृत अवस्थामा फेला परेका थिए । पङ्कजलाई आइतबार पक्राउ गरिएको प्युठानका प्रहरी प्रमुख डीएसपी दिपेश बस्यालले जानकारी दिए ।

दम्पतीको टाउकोमा गहिरो चोट लागेको थियो । फागुन ९ गते राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए ।

अनुसन्धानको क्रममा घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको थियो । पङ्कजले सोही घन प्रयोग गरी हत्या गरेको हुनसक्ने बस्याल बताउँछन् ।

मृतक रामबहादुरले आफूलाई विवाह गर्न नसकेको भनेपछि हत्या गरेको पक्राउ परेका व्यक्तिले प्रहरीसमक्ष बयान दिएका छन् । पङ्कजले अत्याधिक रक्सी सेवन गरेर सो घटना घटाएको पाइएको डीएसपी बस्यालले बताए ।

प्युठानमा दम्पतीको हत्या : घरभन्दा ५० मिटर पर भेटियो रगत लतपतिएको घन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register