शिवरात्रीमा तिर्थालुलाई निःशुल्क भोजन र आवासको व्यवस्था गर्दै मारवाडी सेवा समिति

काठमाडौं । मारवाडी सेवा समिति नेपालले महाशिवरात्रीको अवसरमा पशुपति गौशाला धर्मशालामा तिर्थालुलाई निःशुल्क आवास र भोजनको व्यवस्था गरेको छ । समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालकाअनुसार १२ फागुनदेखि १५ फागुनसम्म तिर्थालुलाई आवास र भोजनको व्यवस्था गरिएको हो । अग्रवाल भन्छन्, “महा शिवरात्रीका लागि आउने तिर्थयात्रीका लागि समितिले निःशुल्क आवास, खाना र शौचालयसँगै नुहाउने व्यवस्था पनि गरेको छ […]

Feb 25, 2025 - 10:11
 0
शिवरात्रीमा तिर्थालुलाई निःशुल्क भोजन र आवासको व्यवस्था गर्दै मारवाडी सेवा समिति

काठमाडौं । मारवाडी सेवा समिति नेपालले महाशिवरात्रीको अवसरमा पशुपति गौशाला धर्मशालामा तिर्थालुलाई निःशुल्क आवास र भोजनको व्यवस्था गरेको छ ।

समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालकाअनुसार १२ फागुनदेखि १५ फागुनसम्म तिर्थालुलाई आवास र भोजनको व्यवस्था गरिएको हो ।

अग्रवाल भन्छन्, “महा शिवरात्रीका लागि आउने तिर्थयात्रीका लागि समितिले निःशुल्क आवास, खाना र शौचालयसँगै नुहाउने व्यवस्था पनि गरेको छ ।”

समितिले यस अगाडिका वर्षहरुमा पनि तिर्थालुका लागि भनेर आवास र भोजनको व्यवस्था गर्दै आएको थियो । यस वर्ष समितिले स्वास्थ्य शिविर पनि सञ्चालन गरेको हो ।

अग्रवाल भन्छन्, “यात्रुहरु आउने क्रम चालु भइसकेको छ । यस पटक हामीले रक्तदान शिविर र स्वास्थ्य शिविर पनि सुरु गरेका छौँ । यसका साथै महाशिवरात्रीका दिन गौशालामा हामी पानी पनि वितरण गर्दैछौँ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register