संस्थापक सभापति गुरुङको प्रचारबाजीप्रति गेसोले जनायो आपत्ति

लन्डन- गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले संगठनविरुद्ध भइरहेका अनर्गल तथा भ्रमपूर्ण प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गेसो महासचिव नर हाङ राईद्धारा आइतबार जारी एक वक्तव्यमा संगठनको आधिकारिक ध्येय र उद्देश्यलाई विथोल्ने किसिमका अनर्गल हल्ला, आरोप, भ्रमपूर्ण अभिव्यक्ति तथा अल्टिमेटम् (चेतावनी) प्रति गेसोले घोर भत्सर्ना गरेको छ । गेसोले संस्थापक सभापति पदम बहादुर […]

Feb 24, 2025 - 13:09
 0
संस्थापक सभापति गुरुङको प्रचारबाजीप्रति गेसोले जनायो आपत्ति

गेसो सभापति कृष्णकुमार राई

लन्डन- गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले संगठनविरुद्ध भइरहेका अनर्गल तथा भ्रमपूर्ण प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गेसो महासचिव नर हाङ राईद्धारा आइतबार जारी एक वक्तव्यमा संगठनको आधिकारिक ध्येय र उद्देश्यलाई विथोल्ने किसिमका अनर्गल हल्ला, आरोप, भ्रमपूर्ण अभिव्यक्ति तथा अल्टिमेटम् (चेतावनी) प्रति गेसोले घोर भत्सर्ना गरेको छ ।

गेसोले संस्थापक सभापति पदम बहादुर गुरुङले सिंगो गोर्खा आन्दोलन र जिटुजी वार्तालाई नै प्रभावित पार्ने किसिमका व्यक्ति केन्द्रित स्वार्थ गतिविधि गरेको र अभिव्यक्ति दिएकोमा त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘वर्तमानमा उहाँ संस्थाको कुनै पनि जिम्मेवारीमा नभएकोले उहाँबाट व्यक्त भएका हालका भनाई, गतिविधि वा अभिव्यक्तिहरु हास्यास्पद, गैरजिम्मेवारी र अराजकताको पराकाष्ठा हो’, वक्तव्यमा भनिएको छ।

गेसोले संस्थापक सभापति गुरुङले कटुतापूर्ण चरित्र देखाएको आरोप लगाउँदै त्यसप्रति खेद प्रकट गरेको छ । साथै, आगामी दिनमा अभिभावकको भुमिका निर्वाह गरी गोर्खा आन्दोलनलाई सफल पार्ने वर्तमान कृष्णकुमार राई नेतृत्वको अभियानमा सघाउन अपील गरिएको छ ।

‘हामीले पदम बहादुर गरुङलाई पाइलट वनाएर जहाज उडाई उच्चाईमा पु¥याउन हृदयदेखि नै २०५३ सालबाट कृष्ण कुमार राई, महेन्द्रलाल राई, पुरञ्जन राई, नरेन्द्र राई, जीतबहादुर राई, मणि किरात वान्तावा, नरहाङ राई, देव गुरुङ, गजेन्द्र इस्पो, फानसिं थापा, धनपाल राई, विष्णु गुरुङ, हर्क बहादुर पुन, देबीमाया पुन, भक्त हादुर गुरुङ, लगायतका हामी अहोरात्र लागि परेर जहाजलाई उचाईसम्म पु¥याएकै हो । कृष्ण कुमार राई को–पाइलट बनेर रात दिन साथ दिनु भएकै हो’, वक्तव्यमा छ ।

तर संस्थापक सभापति गुरुङ अहिले कष्णकुमार राईको वर्तमान नेतृत्वलाई असफल बनाउन लागि परेको आरोप गेसोको छ ।

गेसोको मुख्य लक्ष्य भूपू गोर्खाका न्यायपूर्ण मागहरुलाई सम्वोधन गराउँदै सकरात्मक वार्ता र संवादमार्फत् समाधान खोज्नु रहेको जनाउँदै वक्तव्यमा सिंगो गोर्खा समुदाय र सर्वसाधारणलाई संयमित रहन, अराजक र भ्रम पैmलाउने व्यक्तिबाट होसियार रहन, गोर्खा वार्तालाई सफल बनाउनमा केन्द्रित रहन अपिल गरिएको छ ।

वक्तव्य पूर्णपाठ 

विज्ञप्ति:
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) संस्थागत रुपमा सधैँ गोरखा भूपू सैनिकहरुको हक, हित र अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको छ । संगठनको आधिकारिक ध्येय र उद्देश्यलाई विथोल्ने किसिमका अनर्गल हल्ला, आरोप, भ्रमपूर्ण अभिब्यक्ति तथा अल्टिमेटम् (चेतावनी) प्रति गेसो घोर भत्सर्ना गर्दछ ।

पदम बहादुर गुरुङद्वारा सिंगो गोरखा आन्दोलन र जिटुजी गोरखा वार्तालाई नै प्रभावित पार्ने किसिमका ब्यक्ति केन्द्रीत स्वार्थ गतिविधि र अभिव्यक्तिप्रति गेसोको गम्भिर ध्यानाकर्षण भएको छ । गुरुङ गेसोका संस्थापक सभापति थिए । वर्तमानमा उहाँ संस्थाको कुनै पनि जिम्मेवारीमा नभएकोले उहाँबाट ब्यक्त भएका हालका भनाई, गतिविधि वा अभिब्यक्तिहरु हाँस्यास्पद, गैरजिम्मेवारी र अराजक्ताको पराकाष्ठा हो ।

हामीले पदम बहादुर गरुङलाई पाइलट वनाएर जहाज उडाई उच्चाईमा पु¥याउन हृदयदेखि नै २०५३ सालबाट कृष्ण कुमार राई, महेन्द्रलाल राई, पुरञ्जन राई, नरेन्द्र राई, जीतबहादुर राई, मणि किरात वान्तावा, नरहाङ राई, देव गुरुङ, गजेन्द्र इस्पो, फानसिं थापा, धनपाल राई, विष्णु गुरुङ, हर्क बहादुर पुन, देबीमाया पुन, भक्त हादुर गुरुङ, लगायतका हामी अहोरात्र लागि परेर जहाजलाई उचाई सम्म पु¥याएकै हो । कृष्ण कुमार राई को–पाइलट बनेर रात दिन साथ दिनु भएकै हो । को–पाइलटलाई जहाज ल्याण्ड गराउन जिम्माचाँही दिने ब्यबहारमा सुन्दै आएको उखान जस्तै बाँदरले आप्mनो घर पनि वनाउँदैन अरुले वनाएको पनि भत्काउँछ भन्ने उखानलाई पुष्टि गरेको छ ।

यस्ता कटुतापूर्ण चरित्रप्रति खेदप्रकट गर्दै आउने दिनहरुमा अबिभावकत्व भुमिका निर्वाह गरेर जहाज ल्याण्डिङ गराउन साथ सहयोग दिनको लागि गेसो, पदम बहादुर गुरुङसंग अपिल गर्न चाहन्छ ।

गेसो तमाम भूपू गोरखाहरु तथा सर्वसाधारणलाई यी यस्ता अनधिकृत व्यक्तिहरुको भ्रमपूर्ण अभिव्यक्ति र गतिविधिबाट सचेत रहन आग्रह साथै आह्वान गर्दछ । गेसोको मुख्य लक्ष्य भनेको भूपू गोरखाहरुको न्यायपूर्ण मागहरुलाई सम्वोधन गराउँदै सकरात्मक वार्ता र संवादमार्फत् समाधान खोज्नु हो । त्यसैले, गेसो सबैलाई संयमित रहन, अराजक र भ्रम फैलाउने ब्यक्तिबाट होसियार रहन, सिंगो गोरखा वार्तालाई सफल वनाउन केन्द्रित हुन तमाम गोरखा समुदाय र सर्बसाधारण समक्ष हार्दिक अपिल गर्दछ ।

नर हाङ राई
महासचिव
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)
बेलायत
२३ फरवरी २०२५

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register