कुलमानको पछाडी ‘हात धोएरै’ लागे उर्जामन्त्री, ‘प्राधिकरणबाट हटाउने नियतले सोधे २४ घण्टे स्पष्टीकरण !’

काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मंगलबार मन्त्री खड्काले फेरि घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।  स्पष्टीकरणमा अर्थ मन्त्रालय र उर्जा मन्त्रालयको सहमतिबिना भारतसँग महसुल बढाउने सम्झौता किन गरेको ? भन्ने विषयमा जवाफ मागिएको छ ।  त्यसबाहेक प्राधिकरणको सञ्चालक समितिको […]

Feb 25, 2025 - 12:29
 0
कुलमानको पछाडी ‘हात धोएरै’ लागे उर्जामन्त्री, ‘प्राधिकरणबाट हटाउने नियतले सोधे २४ घण्टे स्पष्टीकरण !’

काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । यसअघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मंगलबार मन्त्री खड्काले फेरि घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । 

स्पष्टीकरणमा अर्थ मन्त्रालय र उर्जा मन्त्रालयको सहमतिबिना भारतसँग महसुल बढाउने सम्झौता किन गरेको ? भन्ने विषयमा जवाफ मागिएको छ । 

त्यसबाहेक प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा दीपक खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा र अन्तराष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङसँग स्पष्टीकरण सोधिएको छ । 

उर्जामन्त्री खड्काले यसअघि पुष २२ गते र पुष २८ गते पनि घिसिङलाई स्पष्टीकरण सोधेका थिए । तर, सो स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै फेरि स्पष्टीकरण सोधिएको हो । यसपटक पनि जवाफ चित्त नबुझे घिसिङलाई पदबाटै हटाउने स्पष्टीकरणमा भनिएको छ । 

यसो त उर्जामन्त्री खड्काले सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमानलाई प्राधिकरणबाट हटाउने प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, काँग्रेसकै अन्य मन्त्रीले कुलमानलाई प्राधिकरणबाट हटाउन नहुने भन्दै फरक मत राखेपछि सो प्रस्ताव रोकिएको थियो । नेपाली काँग्रेसकै नेता भए पनि प्रधानमन्त्री ओली र उद्यागीहरुको जोडबलमा उर्जामन्त्री खड्का कुलमानलाई प्राधिकरणबाट हटाउन लागि परेको चर्चासमेत राजनीतिवृत्तमा छ । तर, मन्त्रिपरिषद् बैठकमा प्रयास असफल भएपछि उर्जामन्त्रीले स्पष्टीकरणको बाहना बनाएर कुलमानलाई हटाउने तयारी गरेको बुझिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register