फूलैफूलले यसरी सजाइँदै छ पशुपति क्षेत्र (तस्वीरहरू)

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रलाई फूल मालाले झकिझकाउ बनाउने तयारी चल्दै छ । प्रवेशद्वारदेखि मुख्य मन्दिर परिसरसम्म थरीथरीका गुलाब, सयपत्री, रङ्गीचङ्गी एस्टर र हरिया पातहरूले सजाउन लागिएको छ । श्रद्धालुहरूको भीड, साधुसन्तहरूको भक्ति, र फूलमय सजावटले महाशिवरात्रिको दिन पशुपति क्षेत्रलाई अझै भव्य बनाउने छ । यसपालि पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा प्लास्टिक र […]

Feb 25, 2025 - 12:59
 0
फूलैफूलले यसरी सजाइँदै छ पशुपति क्षेत्र (तस्वीरहरू)

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रलाई फूल मालाले झकिझकाउ बनाउने तयारी चल्दै छ ।

प्रवेशद्वारदेखि मुख्य मन्दिर परिसरसम्म थरीथरीका गुलाब, सयपत्री, रङ्गीचङ्गी एस्टर र हरिया पातहरूले सजाउन लागिएको छ ।

श्रद्धालुहरूको भीड, साधुसन्तहरूको भक्ति, र फूलमय सजावटले महाशिवरात्रिको दिन पशुपति क्षेत्रलाई अझै भव्य बनाउने छ ।

यसपालि पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा प्लास्टिक र प्लास्टिक जन्य फूल निषेध गरेको छ । यहाँ सजाउन भारतदेखि फूलहरू ल्याइएको कोषले बताएको छ।

पशुपति क्षेत्रमा फूल र मालाले सजाउन ५० जनाभन्दा बढी कामदार खटाइएका छन् । कोषका अनुसार आज साँझसम्म सजाउने काम करिब सकिने छ।

हेरौँ पशुपति सजाउँदै गर्दाका तस्वीर:-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register