मन्त्रीका स्वकीयको सुसाइड नोट – अफवाह फैलाइयो, पदीय दायित्वको अवमूल्यन कहिल्यै गरिनँ

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले सहकारीको बारेमा सार्वजनिक अडिओका कारण आत्महत्या गरेको खुलेको छ । थापाको सुसाइड नोटमा सहकारीबारे आफ्नो भ्वाइस राखेर अफवाह फैलाइएको उल्लेख गरेका छन् । धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलङ्कीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा थापा गत सोमबार […]

Feb 26, 2025 - 15:16
 0
मन्त्रीका स्वकीयको सुसाइड नोट – अफवाह फैलाइयो, पदीय दायित्वको अवमूल्यन कहिल्यै गरिनँ

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले सहकारीको बारेमा सार्वजनिक अडिओका कारण आत्महत्या गरेको खुलेको छ ।

थापाको सुसाइड नोटमा सहकारीबारे आफ्नो भ्वाइस राखेर अफवाह फैलाइएको उल्लेख गरेका छन् ।

धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलङ्कीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा थापा गत सोमबार साँझ अचेत भेटिएका थिए ।

विष सेवन गरेका थापाको उपचारको क्रममा कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले उनको साथबाट तीन पृष्ठको सुसाइड नोट फेला पारेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतकाअनुसार थापाले मिडियाबाजी गरेर मलगायत मन्त्रीलाई फसाउन खोजेको बताएका छन् ।

सुसाइड नोटमा लेखिएको छ, “मिडियाबाजी गरेर मलगायत मन्त्रीज्युलाई फसाउनका लागि एउटा सहकारीको गिरोह लागेर मेरो भ्वाइस राखेर प्रचारबाजी गरियो, जुन कुरा असत्य छ, मलाई त्यस भ्वाइसको बारेमा केही पनि थाहा छैन तर पनि गिरोहले मेरो भ्वाइस सार्वजनिक गरेको छ ।”

उनले पदीय दायित्वको अवमूल्यन कहिल्यै नगरेको सुसाइडमा लेखेका छन् ।

थापाले परिवारका सदस्यहरूलाई राम्रोसँग बस्न आग्रह गरेका छन् । “मदू दाइ, आशा छ, मेरो छोरी सानी छे, उसको रेखदेख गर्ने क्रममा असल व्यक्ति बनाउन हजुरले पनि सहयोग गरिदिनुहुन्छ,” उनले लेखेका छन् ।

उनले आफ्नी श्रीमतीसँग पनि माफी मागेका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । सार्वजनिक अडिओ कसको हो भन्ने भेरिफाइको क्रममा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register