प्रतिभा र अवसरको अद्भुत सङ्गम वैभव सूर्यवंशी
काठमाडौं । अष्ट्रेलियन क्रिकेटर तथा प्रशिक्षक बब सिम्पसनको एक प्रसिद्ध भनाइ छ – ‘Play the ball and not the stature of the bowler’ अर्थात् ‘बल खेल, बलरको हैसियत होइन ।’ उक्त चर्चित भनाईमा सबै ब्याट्सम्यान शतप्रतिशत रुपमा खरो उत्रन सक्दैनन् । तर यसको अपवाद बने, राजस्थान रोयल्सका लागि १४ वर्ष ३२ दिनका वैभव सूर्यवंशी (Vaibhav […]

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर तथा प्रशिक्षक बब सिम्पसनको एक प्रसिद्ध भनाइ छ – ‘Play the ball and not the stature of the bowler’ अर्थात् ‘बल खेल, बलरको हैसियत होइन ।’
उक्त चर्चित भनाईमा सबै ब्याट्सम्यान शतप्रतिशत रुपमा खरो उत्रन सक्दैनन् । तर यसको अपवाद बने, राजस्थान रोयल्सका लागि १४ वर्ष ३२ दिनका वैभव सूर्यवंशी (Vaibhav Suryavanshi) ।
आईपीएल (IPL) मा सबैभन्दा कम उमेरमा शतक प्रहार गरेपछि वैभवको चर्चा अहिले चुलिएको छ ।
जारी सिजनमा राजस्थान रोयल्स (RR) का लागि १४ वर्ष ३२ दिनका वैभवले सानदार शतक प्रहार गरे । गुजराज टाइटन्स (GT)विरुद्ध वैभवले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १०१ रनको योगदान गरे ।
सो क्रममा वैभवले गुजरातका मोहम्मद सिराज, इशान्त शर्मा, वाशिङ्टन सुन्दर र राशिद खानको बलिङलाई कडा चुनौती दिए । फलस्वरुप २१० रनको लक्ष्य राजस्थान रोयल्सले केवल २ विकेट गुमाएर १५.५ ओभरमा पूरा गर्यो ।
सोमबार रातिको खेलमा प्लेयर अफ द म्याच बनेका वैभवले आफ्नो प्रदर्शनको श्रय आफ्नो परिवारलाई दिए । प्रतिभा र अवसरको अद्भुत सङ्गमका रुपमा आफूलाई चिनाउँदै गरेका वैभवले खेलपश्चातको अन्तर्वार्तामा आफ्नो कीर्तिमानी शतक पछाडिको सङ्घर्षको यात्रालाई साटेँ ।
‘मलाई प्राक्टिसको लागि पठाउन मेरो आमा २ बजे उठेर खाना पकाउनुहुन्थ्यो । ११ बजे सुत्नुहुन्थ्यो । मात्र ३ घण्टा सुत्नुहुन्थ्यो,’ परिवारको योगदानबारे भने, ‘बुवाले काम छाड्नुभयो । ठूल्दाईले बुवाको काम सम्हालिरहनु भएको छ । कठिन गरेर घर चलिरहेको हुन्छ । तर, बुवाले मैले गर्छ भनेर मलाई निरन्तर समर्थन गरिरहे ।’
उनले भने, ‘जुन नतिजा देखिएको छ । सफलता देखिएको छ । मेरो अभिभावकको कारण हो । ’
आईपीएलका लागि ट्रायल दिन जाँदा आफूले राम्रो ब्याटिङ गरेको वैभव बताउँछन् । उनले भने, ‘ट्रायलमा विक्रम सर, रोबिन सर थिए । ब्याटिङ पनि राम्रै भएको थियो । त्यसपछि रोमी सरले तिमीलाई टिममा राख्न प्रयास गर्ने बताएका थिए ।’
टिममा परेपछि रोमी सरले कल गरेको उनी सुनाए । ‘उहाँले कल गरेपछि राहुल सरसँग कुरा गरेँ । एकदमै राम्रो भावना थियो । राहुल सरको अन्डरमा टुर्नामेन्ट खेल्नु, अभ्यास गर्नु एक सामान्य क्रिकेटरको लागि सपनाभन्दा कम हुँदैन,’ वैभवले भने ।
यू–१९ भारतको घरेलु खेलमा पहिलो बलमा नै छक्का पहिले पनि हानिसकेकोले पहिलो खेलमा निर्धक्क भएर मैदान प्रवेश गरे । कुनै दबाब नलिइ आफ्नो राडारमा बल आयो भने छक्का हान्नेमा मानष्तिका लिएर आफ्नो पहिलो खेल खेलेको वैभव बताउँछन् ।
‘स्टेज ठूलो थियो । अन्तर्राष्ट्रिय बलर थिए । तर, मैले केवल बल हेरेँ र आफ्नो खेल खेल्ने प्रयास गरेँ, ’ उनले भने । शतकलाई पहिलो पढावका रुपमा लिएका वैभवले टोलीको लागि सक्दो योगदान दिने पनि बताए । ‘धेरै दिनदेखि तयारी गरिरहेको थिए । आज नतिजा देखिँदा खुशी छु । टोलीको लागि अझै राम्रो गर्नुपर्नेछ ।’
सबै सिनियर खेलाडी तथा कोचिङ स्टाफबाट पनि निरन्तर साथ र समर्थन पाइरहेको पनि उनी बताउँछन् । ‘सबैले मैलै मैदानमा प्रदर्शन गर्न सक्छ भनेर निरन्तर प्रेरणा दिइरहन्थे । टोलीका लागि मैदानमा राम्रो गर्न सक्ने र टोलीलाई जिताउन सक्ने राम्रो खेलाडी भएको भन्दै सबैले हौसला पनि दिन्थे,’ वैभवले सुनाए, ‘यसकारण पनि दबाबभन्दा पनि मनोबल उच्च हुनेगर्छ । आईपीएलको म्याच खेल्दैछु भनेर अलिक नर्भस त हुन्छ । तर, के हुन्छ भन्ने दबाब भने हुँदैन ।’
‘थप अझै धेरै गर्न बाँकी छ । राष्ट्रका लागि खेल्नु छ । यसका लागि पनि थप मेहेनत गर्नुपर्नेछ । त्यो लेभलसम्म नपुगेसम्म मेहेनतलाई निरन्तरता दिने छु । राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रका लागि केही राम्रो गर्ने प्रयास गर्नेछु ,’ उनले भावी योजनाबारे बताए ।
तर, उनको चर्चाको सुरुवात भने आईपीएलअघि नै चुलिएको थियो, जब सन् २०२४ को २५ नोभेम्बरमा उनी अक्सनमा बिक्री हुने सबैभन्दा कम उमेरका खेलाडीको रुपमा राजस्थानमा आबद्ध भए । उनलाई राजस्थानले १ करोड १० लाख भारुमा किन्यो ।
त्यसको ५ महिनापश्चात सन् २०२५ को १९ अप्रिलमा लखनऊ सुपर जायन्ट्सविरुद्धको उनको डेब्यू खेल यादगार बन्यो ।
लखनऊले राजस्थानलाई १८१ को लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा उनले पहिलो बलमा नै छक्का प्रहार गरे । शार्दूल ठाकुरको डेलिभरीमा वैभवको छक्काले उनको डेब्यूलाई यादगार सुरुवात दियो ।
१४ वर्ष २३ दिनमा आईपीएलमा डेब्यू गरेका वैभवले विस्फोटक इनिङ्सको छनक दिए ।
वैभव पटनाको उत्तरी–पूर्वबाट करिब १०० किलोमिटरको समास्तीपूर शहरका बासिन्दा हुन् । गत वर्ष १३ वर्षको उमेरमा उनले फस्ट क्लासमा डेब्यू गरेका थिए ।
गत वर्ष सेप्टेम्बरमा भएको अष्ट्रेलियाविरुद्धको यूथ ‘टेस्ट’ खेलमा वैभवले शतक प्रहार गरे । उनले ५८ बलमा शतक पूरा गरेका थिए । यसले उनलाई आईपीएलको आँखामा पार्यो।
पहिलो हाफमा बेन्चमा रहेका वैभवले टोलीका कप्तान सञ्जु सामसन घाइते भएपछि आफ्नो क्षमता देखाउने अवसर प्राप्त गरे । यसलगतै उनले कीर्तिमानको बुक भर्ने यात्रालाई तीव्र गतिमा अगाडि बढाइरहे ।
सम्बन्धित सामग्री –
What's Your Reaction?






