मुस्लिम–हिन्दु दुवै पढ्ने बिर्तामोडको धार्मिक विद्यालयमा सहयोगको खाँचो

सन्तोष शर्माझापा, १४ फागनु । झापाको बिर्तामोड नगरपालिका–३ स्थित धार्मिक विद्यालय मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् । महिलाहरु घरबाट निस्किनु हुँदैन मुस्लिम समुदायमा रहेको सोचलाई चिर्दै यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला रहेको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले जानकारी दिनुभयो । विपन्न समुदायका विद्यार्थी अध्ययनरत मुस्मिल समुदायको धार्मिक विद्यालय [...] The post मुस्लिम–हिन्दु दुवै पढ्ने बिर्तामोडको धार्मिक विद्यालयमा सहयोगको खाँचो appeared first on Jhapa Online.

Feb 26, 2025 - 15:41
 0
मुस्लिम–हिन्दु दुवै पढ्ने बिर्तामोडको धार्मिक विद्यालयमा सहयोगको खाँचो

सन्तोष शर्मा
झापा, १४ फागनु ।
झापाको बिर्तामोड नगरपालिका–३ स्थित धार्मिक विद्यालय मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् ।

महिलाहरु घरबाट निस्किनु हुँदैन मुस्लिम समुदायमा रहेको सोचलाई चिर्दै यस विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला रहेको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुनले जानकारी दिनुभयो ।

विपन्न समुदायका विद्यार्थी अध्ययनरत मुस्मिल समुदायको धार्मिक विद्यालय मदरसा तालिमुल कुरान आविमा १४ जना शिक्षक र कर्मचारी छन् । जसमध्ये छ जना मुस्लिम समुदायका छन् भने छ जना अन्य समुदायका छन् ।

बाल विकासदेखि ६ सम्म पठनपाठन हुने आविमा सरकारले तोकेबमोजिमको पाठ्यक्रम अनुसार पठनपाठन हुन्छ । अंग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ७३ छात्रा र ८१ छात्र गरी एक सय ५४ जना विद्यार्थी अध्ययनरत छन् ।

“विद्यालयमा अन्य समुदायका छ जना बालिबालिकाले पढिरहेका छन्”, प्रअ खातुनले भन्नुभयो, “मुस्मिल समुदायका विद्यार्थीले उर्दू र अरेबिक अनिवार्य गरिएको छ, अन्य समुदायका विद्यार्थीलाई यी दुई विषयको सट्टा कम्प्युर र अन्य विषय पढाइ हुने गरेको छ ।”

वि.संं. २०६४ साल असार २६ गते सरकारले दर्ताका लागि आह्वान गरेपछि झापामा ५१ वटा धार्मिक विद्यालय दर्ता भएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले बताउनुभयो । झापाको बिर्तामोड र झापा गाउँपालिकामा गरी दुई वटा मात्र विद्यालय सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

“धार्मिक विद्यालय भए पनि सामुदायिक विद्यालयसरह सञ्चालन गरिरहेका छौं”, उहाँले भन्नुभयो, “महिला बाहिर निस्किनु हुँदैन भन्ने मान्यतालाई चिरेर विद्यालयमा शिक्षक–कर्मचारी सबै महिला राखिएको छ ।”

विद्यालयमा विपन्न समुदायका बालबालिकाले अध्ययन गररहेको बताउनुहुँदै उहाँले सबै समुदायका बालबालिकाका लागि विद्यालयको ढोका खुला रहेको जनाउनुभयो । “मुस्लिम समुदायका बालबालिकाका लागि मात्र उर्दू र अरेबिक अनिवार्य हो”, उहाँले भन्नुभयो, “नेपाल सरकारले तोकेको पाठ्यक्रम अनुसार पठनपाठन हुन्छ ।”

भवनको अभाव
विद्यालय अहिले बिर्तामोड–३ बिर्ताबजारस्थित महस्जितको भवनमा सञ्चालित छ । त्यहाँ पर्याप्त कक्षाकोठा छैन भने खेल मैदानको पनि अभाव छ । विद्यालय खाना खुवाउन पनि तीन पटक आलोपालो गर्नुपर्ने अवस्था रहेको प्रअ खातुनले बताउनुभयो ।

विद्यालयको छुट्टै भवन निर्माणका लागि पहल थालिएको छ । बिर्तामोड–३ मा ४ कठ्ठा जग्गा खरीदका लागि आर्थिक जोहो भइरहेको विव्यस अध्यक्ष खानले बताउनुभयो ।

बिर्तामोड–३ मा जग्गा खरीदका लागि ८६ जना दाताबाट प्राप्त रू ४२ लाख ४३ हजार आठ सय ३५ मध्ये रू ३८ लाख ३२ हजार पाँचसय एक कठ्ठा ११ धुर जग्गा खरीद गरिसकिए पनि थप दुई कट्ठा नौ धुर जग्गा खरीदका लागि रू करिब ७० लाख आवश्यक रहेको विव्यस अध्यक्ष खानको बताउनुहुन्छ ।

भवन निर्माणस्थलमा बिर्तामोड नगरपालिकाले दिएको रू १६ लाख रुपैयाँले जग्गाको घेराबारा गरिएको छ भने कोशी प्रदेश सरकारबाट प्राप्त रू ४० लाख ३५ हजार आठ ९२ भुई तलाको भवन ढलान गरिएको छ ।

चालू आर्थिक वर्ष २०८१÷०८२ मा बिर्तामोड नगरबाट शैक्षिक सामग्री खरिदका लागि रू १० लाख भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा बाल विकास कक्षामा स्मार्ट बोर्ड र प्रोजेक्टरसहितको कक्षा सञ्चालन भएको छ भने विद्यालयले विद्यार्थीलाई यातायात सुविधा दिने उद्देयश्ले रू सात लाखमा पुरानो बसमसते खरीद गरेको छ ।

शिक्षकलाई तलब दिन समस्या
विद्यालय सञ्चालन गर्न वार्षिक रू २६ लाख ५५ हजार छ सय खर्च हुने गरे पनि रू २३ लाख ५० हजारको मात्र स्रोत जुटेको अध्यक्ष खानले बताउनुभयो । “शिक्षकलाई तीन महिनाको तलब दिन समस्या छ”, उहाँले भन्नुभयो, “बिर्तामोड नगरपालिकाले एक जना बाल शिक्षक दिएको छ, अरु सबै विद्यालय आफैँले व्यवस्थापन गर्दै आएको छ ।”

मदरसा विद्यालय सञ्चालनका लागि संघीय सरकारबाट वार्षिक रू हाल आठ लाख, बिर्तामोड नगरबाट रू सात लाख, कोशी प्रदेश सरकारबाट रू एक लाख ५० हजार, बिर्तामोड–३ वडा कार्यालयबाट रू एक लाख र अभिभावकबाट करिब छ लाख सहयोग प्राप्त हुँदै आएको छ ।

मदरसामा कक्षा थप गरी कक्षा–१२ सम्म निःशुल्क अध्यापन गराउने लक्ष्य रहेको अध्यक्ष खानले बताउनुभयो ।

आर्थिक सहयोगको अपिल
जग्गा खरीदका लागि आर्थिक सहयोग गरिदिन विद्यालयले अपिल गरेको छ । विद्यालयले साधारण सदस्यका लागि रू ११ हजार, विशिष्ठ सदस्यका लागि रू २५ हजार, आजीवन सदस्यका लागि रू ५१ हजार र विशिष्ठ आजीवन सदस्यका लागि रू एक लाख वा सो भन्दा माथि रहेको अध्यक्ष खानले बताउनुभयो ।

“शिक्षा प्रेमि महानुभावहरुलाई हामी सहयोगका लागि आह्वान गर्छौं”, उहाँले भन्नुभयो, “विपन्न वर्गका बालबालिकालाई शिक्षा दिने पत्रिव उद्देश्ये काम गरिरहेका छौं, एक रुपैयाँ पनि तलमाथि हुँदैन, हामीलाई सबैको सहयोग चाहिएको छ ।” स्वदेश तथा विदेशमा रहेका महानुभावलाई यथासक्य सहयोग गरिदिन उहाँले अपिल समेत गर्नुभयो ।

सहयोग गर्न चाहने दाताहरुले एनआईसी एसिया बैंकमा ‘मदरसा तालिमुल कुरान’को बिर्ताबजारमा रहेको खाता नम्बर ‘२४६४१५०१०८८४२००२’ मा सहयोग गर्न सक्नेछन् ।

The post मुस्लिम–हिन्दु दुवै पढ्ने बिर्तामोडको धार्मिक विद्यालयमा सहयोगको खाँचो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register