एकदिनमै १ सय १५ जना महानगरको कारवाहीमा, २ लाख ६३ हजार जरिवाना तिराइयो 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक दिनमै सय बढीलाई कारवाही गरेको छ । महानगरले बुधबार मात्रै एक सय १५ जनालाई कारवाही गरेको हो ।  काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले एकैदिन १ सय १५ जनालाई जरिवाना तिराएको छ । महानगरले सहरी सुव्यवस्था कायम गर्न भन्दै विभिन्न शीर्षकमा १ सय १५ जनालाई कारवाहीस्वरुप २ लाख ६३ हजार रुपैयाँ […]

Feb 27, 2025 - 04:22
 0
एकदिनमै १ सय १५ जना महानगरको कारवाहीमा, २ लाख ६३ हजार जरिवाना तिराइयो 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक दिनमै सय बढीलाई कारवाही गरेको छ । महानगरले बुधबार मात्रै एक सय १५ जनालाई कारवाही गरेको हो । 

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले एकैदिन १ सय १५ जनालाई जरिवाना तिराएको छ ।

महानगरले सहरी सुव्यवस्था कायम गर्न भन्दै विभिन्न शीर्षकमा १ सय १५ जनालाई कारवाहीस्वरुप २ लाख ६३ हजार रुपैयाँ तिराएको छ । जसमध्ये ८८ वटा दुई पाङ्ग्रे सवारी साधनलाई अनधिकृत पार्किङ गरेको भन्दै कारवाही गरेको छ । 

त्यस्तै, अनधिकृत पार्किङ गरिएका ७ वटा सवारी साधन, जथाभावी फोहोर फाल्ने १८ जना सडकपेटीमा अवरोध हुनेगरि निर्माण सामाग्री राख्ने एक जना र सडकपेटीमा सवारी साधन राखेर व्यापार गर्ने एक जनालाई महानगरले कारवाही गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register