रिलका लागि छुट्टै एप ल्याउँदैछ इन्स्टाग्राम ?

काठमाडौं । अमेरिकामा चिनियाँ शर्ट भिडिओ सेयरिङ एप टिकटकको भविष्य अनिश्चित छ । यो देखेर इन्स्टाग्रामले शर्ट भिडिओ फिचर रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्नेछ । प्रविधि क्षेत्रको प्रकाशन ‘द इन्फर्मेसन’काअनुसार इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् । तर, इन्स्टाग्रामको मातृ कम्पनी मेटाले यस सम्बन्धमा बीबीसीले सोधेको प्रश्नमा कुनै उत्तर […]

Feb 27, 2025 - 05:19
 0
रिलका लागि छुट्टै एप ल्याउँदैछ इन्स्टाग्राम ?

काठमाडौं । अमेरिकामा चिनियाँ शर्ट भिडिओ सेयरिङ एप टिकटकको भविष्य अनिश्चित छ । यो देखेर इन्स्टाग्रामले शर्ट भिडिओ फिचर रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्नेछ ।

प्रविधि क्षेत्रको प्रकाशन ‘द इन्फर्मेसन’काअनुसार इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका हुन् । तर, इन्स्टाग्रामको मातृ कम्पनी मेटाले यस सम्बन्धमा बीबीसीले सोधेको प्रश्नमा कुनै उत्तर दिएको छैन ।

यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानुन पालना गर्न ७५ दिनको समय दिएका थिए ।

यो कानुन पूर्व राष्ट्रपति जो बाइडनको प्रशासनले बनाएको थियो । यस कानुनअनुसार टिकटकले अमेरिकी कानुनको पालना गरेर स्थानीय कम्पनीलाई बेचेन भने यसले प्रतिबन्धको सामना गर्नुपर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register