बिर्तामोडको बसपार्कमा एक जनाको शव फेला

बिर्तामोड, १५ फागुन । झापाको बिर्ताामोडमा एक पुरुषको शव फेला परेको छ । आज बिर्तामोडको बसपार्क पूर्वपट्टि दुर्गन्धित अवस्थामा शव फेला परेको हो । फेला परेको शव पाँचथर रानीटार–२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ । बिर्तामोड बसपार्क पूर्व अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटको चिया [...] The post बिर्तामोडको बसपार्कमा एक जनाको शव फेला appeared first on Jhapa Online.

Feb 27, 2025 - 13:53
 0
बिर्तामोडको बसपार्कमा एक जनाको शव फेला

बिर्तामोड, १५ फागुन । झापाको बिर्ताामोडमा एक पुरुषको शव फेला परेको छ । आज बिर्तामोडको बसपार्क पूर्वपट्टि दुर्गन्धित अवस्थामा शव फेला परेको हो । फेला परेको शव पाँचथर रानीटार–२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ ।

बिर्तामोड बसपार्क पूर्व अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव फेला परेको प्रहरीले जनाएको छ । करिव एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

उनको शव सड्न थालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकााश विष्ट जानकारी दिए । ‘शवको प्रकृति हेर्दा हत्या जस्तो देखिन्न आत्महत्या हो, वा के हो भन्ने विषयमा अनुसन्धान शुरु गरेका छौं । डिएसपी बिष्टले भने ।

उनको विषयमा परिवारसँग बुझ्ने काम भएको र उनी विगत ७–८ वर्ष अघि भने सवारी चालकको काम गरेपनि हाल उनी पाँचथर तिर नै गएर बसेको अवस्थामा केही समयअ घिदेखि चिया बगान क्षेत्रमा देखा पर्ने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post बिर्तामोडको बसपार्कमा एक जनाको शव फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register