शिक्षकहरूले आज २०औं दिन पनि दिए आन्दोलनलाई निरन्तरता

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरूले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०औं दिन आज पनि काठमाडौंमा प्रदर्शन भइरहेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आजको प्रदर्शन बिहान ९ बजे माइतीघर मण्डलामा सुरु भएको छ । उनले अझै केही दिन आन्दोलनमा जुट्नुको […]

Apr 21, 2025 - 05:15
 0
शिक्षकहरूले आज २०औं दिन पनि दिए आन्दोलनलाई निरन्तरता

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरूले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०औं दिन आज पनि काठमाडौंमा प्रदर्शन भइरहेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आजको प्रदर्शन बिहान ९ बजे माइतीघर मण्डलामा सुरु भएको छ ।

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरू गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलनरत छन् । उनीहरू नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

शिक्षकको आन्दोलनले आज पनि सवारी आवागमनमा बाधा पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register