सिन्धुपाल्चोक भूकम्प : भाग्ने क्रममा लडेर कैदीको हात भाँचियो

काठमाडौं । मध्यराति गएको भूकम्पबाट नेपालमा सामान्य क्षति भएको । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षतिका विवरण प्राप्त भएका छन् । भूकम्प आएपछि आत्तिएर भाग्ने क्रममा लडेर जिल्ला कारागारका एक कैदी घाइते भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नेपालभ्युजलाई जानकारी दिए । उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी भूकम्पले कोदारीस्थित प्रहरी […]

Feb 28, 2025 - 00:46
 0
सिन्धुपाल्चोक भूकम्प : भाग्ने क्रममा लडेर कैदीको हात भाँचियो

काठमाडौं । मध्यराति गएको भूकम्पबाट नेपालमा सामान्य क्षति भएको ।

भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षतिका विवरण प्राप्त भएका छन् ।

भूकम्प आएपछि आत्तिएर भाग्ने क्रममा लडेर जिल्ला कारागारका एक कैदी घाइते भएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नेपालभ्युजलाई जानकारी दिए ।

उनको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी भूकम्पले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ ।

बिहीबार मध्यराति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

काठमाडौंलगायत बागमती कोशी प्रदेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको थियो । यसले गर्दा काठमाडौंका बासिन्दा घर बाहिर निस्किएका थिए ।

भूकम्पले पुर्याएको क्षतिबारे थप विवरण आउन बाँकी छ ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर मध्यराति ६.१ म्याग्निच्युडको भूकम्प

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register