माटोको ढिस्को खस्दा एक जनाको मृत्यु

धादिङ । माटो खन्ने क्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे आग्राखोलामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा पुरिएर घाईते भएका मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ११ घर भई हाल धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे निवासी २७ वर्षीय राजु बल […]

Feb 28, 2025 - 03:12
 0
माटोको ढिस्को खस्दा एक जनाको मृत्यु

धादिङ ।

माटो खन्ने क्रममा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे आग्राखोलामा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा पुरिएर घाईते भएका मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नम्बर ११ घर भई हाल धादिङ थाक्रे गाउँपालिका वडा नम्बर ३ बान्द्रे निवासी २७ वर्षीय राजु बल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी सुवास हमालले जानकारी दिएका छन् ।

माटोको ढिस्कोले पुरेकोमा स्थानियहरुलेघाइतेलाई उद्धार गरी उपचारको लागि महादेववेशीको टाईम्स केयर अस्पतालमा सामान्य उपचार गराएपछि ट्रमा सेन्टर काठमाडाैं पठाइएकोमा उपचारका क्रममा साँझ करिब ७ बजेको समयमा मृत्यु भएको थियो ।

यसैगरि खोटाङ जिल्ला बारापोखरी घर भई धादिङ थाक्रे गाउँ पालिकाका ४२ वर्षीया नम्रता राई सामान्य घाईते भएकी छिन् । सामान्य उपचार पछि उनको डिस्चार्ज भईसकेको प्रहरी चौकी महादेववेशीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register