सुजता कोईरालाको भ्रमणको क्रममा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

छेन्डु । चीनर चीनको सिचुवान प्रान्तले आगामी तीन बर्ष भित्र ६० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा सिचुवान पुगेको नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोईरालाले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका नेता फुबुदुङ्चुसंग विहिवार भएको भेटको क्रममा चीन सरकारले नेपाली विद्यार्थीहरू को लागि […]

Feb 28, 2025 - 03:21
 0
सुजता कोईरालाको भ्रमणको क्रममा ६० नेपाली विद्यार्थीलाई छात्रवृत्तिको घोषणा

छेन्डु ।

चीनर चीनको सिचुवान प्रान्तले आगामी तीन बर्ष भित्र ६० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा सिचुवान पुगेको नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोईरालाले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका नेता फुबुदुङ्चुसंग विहिवार भएको भेटको क्रममा चीन सरकारले नेपाली विद्यार्थीहरू को लागि छात्रवृत्तिको व्यवस्था गर्न आग्रह गर्नु भएको थियो ।

लगतै सिचुवान प्रान्तिय सरकारले आगामी तीनबर्ष भित्र ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्तिको घोषणा गरेको हो ।

छात्रवृत्तिको मापदण्डबारे भने पछि छलफल हुने जनाईएको छ ।

सिचुवान प्रान्तको भ्रमणमा रहनुभएको नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजता कोईरालाले आफुले उठाएको विषयलाई तत्काल सम्बोधन गर्नुले नेपाल( चीन बीचको गहिरो सम्बन्ध प्रतिबिम्बित भएको बताउनु भयो ।

नेता कोईरालाले चीन सरकारसंग नेपाली कांग्रेसको सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुहुदै ६० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेकोमा सिचुवान प्रान्तिय सरकारलाई धन्यवाद दिनुभयो ।

भ्रमण टोलीमा नेपाली कांग्रेसबाट पूर्व उपप्रधानमन्त्री सुजता कोईराला, नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामा, नेता देवराज चालिसे लगायत १५ जना र फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालको तर्फबाट बरिष्ठ कलाकार कृष्ण मल्ल, फिल्म निर्देशक आरएम नहकर्मी, पत्रकार चिरञ्जीवी मास्के, गोकर्ण भण्डारी र कृष्ण मल्ल सहभागी रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register