एनआरएनए यूकेद्वारा एकता अधिवेशन सफल पार्न ५१७ सदस्यीय मूल आयोजक समिति गठन

लन्डन – गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशन सफल पार्न ५१७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामांग, नर्बु शेर्पा र सदस्य सचिवमा राजकुमार त्रिपाठी छन् […]

Feb 28, 2025 - 15:57
 0
एनआरएनए यूकेद्वारा एकता अधिवेशन सफल पार्न ५१७ सदस्यीय मूल आयोजक समिति गठन

लन्डन – गैर आवासीय नेपाली संघ यूकेले आउँदो २३ मार्चमा हुन गैरहेको एकता अधिवेशन सफल पार्न ५१७ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।

एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री प्रमुख संयोजक रहेको उक्त समितिको सहसंयोजकमा अनिता राई, सिरी गुरुङ, जुरेन्द्र खाजुम, राम गलामी, धन तामांग, नर्बु शेर्पा र सदस्य सचिवमा राजकुमार त्रिपाठी छन् ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले एक विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गठित गैर आवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशिघ्र सदस्यता लिन आग्रह गरे।

एनआरएनए यूकेको nrnauk.org/unity-convention वा उच्चस्तरीय समितिको www.nrnahlc.com वेबसाइटमा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउने छन्। यूकेमा सदस्यता शुल्क निशुल्क गरिएको छ।

अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोके बमोजिम हुनेछ।

अन्तरराष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ। यसअघि एनआरएनए यूकेको सदस्यता लिइसकेका सदस्यहरुलाई अधिवेशनमा भौतिक रुपमा उपस्थित भएर मतदान गर्न दिइने गाहामगरले जनाए ।

“एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने यो एउटा ऐतिहासिक अवसर हो। त्यसैले यूकेमा बसोबास गर्नु हुने भूतपूर्व गोर्खा समुदाय लगायत प्रवासी नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई जति सक्दो चाडो एनआरएनएको सदस्यता लिन र महाधिवेशनमा भाग लिनको लागि नाम दर्ता गराउन हामी आग्रह गर्दछौं,” अध्यक्ष गाहा मगरले भने।

उनले २३ मार्चमा हुन गैरहेको एनआरएनए यूकेको एकता अधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोगका लागि सबैलाई आग्रह पनि गरे।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register