ला लिगा : उपाधि दौडमा एट्लेटिकोलाई बार्सिलोनाले फेरि उछिन्यो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । विशेषगरी तीन ठूला क्लबहरू रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडबीच तीव्र प्रतिस्पर्धा भइरहेको हो । यसैबीच रियाल सोसिडाडविरुद्ध ४–० को सहज जित दर्ता गर्दै बार्सिलोना पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार मात्रै एट्लेटिको बार्सिलोनालाई नै पछि पारेर शीर्षस्थानमा उक्लिएको थियो । उसको […]

Mar 3, 2025 - 05:12
 0
ला लिगा : उपाधि दौडमा एट्लेटिकोलाई बार्सिलोनाले फेरि उछिन्यो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । विशेषगरी तीन ठूला क्लबहरू रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडबीच तीव्र प्रतिस्पर्धा भइरहेको हो ।

यसैबीच रियाल सोसिडाडविरुद्ध ४–० को सहज जित दर्ता गर्दै बार्सिलोना पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार मात्रै एट्लेटिको बार्सिलोनालाई नै पछि पारेर शीर्षस्थानमा उक्लिएको थियो । उसको त्यो अग्रता २४ घण्टासम्म मात्र रह्यो ।

आइतबार बिहान ओलिम्पिक लुइस कम्पनिज रङ्गशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन जेरार्ड मार्टिन, मार्क क्यासडो, रोनाल्ड अरउजो र रोबर्ट लेवान्डोवस्कीले १–१ गोल गरे ।

खेलको १७औं मिनेटमा आर्तिज इलुस्टोन्डोले रातो कार्ड खाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो । यसपछि लगातार गोल खान पुग्यो ।

यस जितसँगै लिग लिडर बार्सिलोनाले २६ खेलबाट ५७ अङ्क जोडेको छ । यो दोस्रो स्थानको एट्लेटिकोभन्दा १ अङ्क बढी हो । पराजित सोसिडाड समान खेलबाट ३४ अङ्कका साथ लिगको नवौं स्थानमा छ ।

सर्वाधिक ३६ पटकको विजेता रियल तेस्रो स्थानमा छ । लिगको चौथो स्थानमा बिल्बाओ, पाँचौंमा भिल्लारियाल र छैटौंमा बेटिस रहेका छन् ।

अल्भारेजको गाेलसँगै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा, उपाधि दौडमा तीव्र प्रतिस्पर्धा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register