काङ्ग्रेस नेतृले रोहितलाई ‘मोटा खेलाडी’ भनेपछि…

काठमाडौं । भारतीय काङ्ग्रेसकी प्रवक्ता शमा मोहम्मदले भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माको फिटनेस र कप्तानीमाथि प्रश्न उठाएकी छन् । उनले रोहितलाई ‘मोटा खेलाडी’ भनेकी छन् । मोहम्मदले भनिन्, “खेलाडीको रूपमा रोहित शर्मा मोटा छन् । उनले तौल घटाउनुपर्छ ।” साथै, उनले रोहितको कप्तानीलाई अप्रभावी भनेकी छन् । मोहम्मदले रोहितको तुलना पूर्व भारतीय क्रिकेट दिग्गजहरूसँग […]

Mar 3, 2025 - 07:36
 0
काङ्ग्रेस नेतृले रोहितलाई ‘मोटा खेलाडी’ भनेपछि…

काठमाडौं । भारतीय काङ्ग्रेसकी प्रवक्ता शमा मोहम्मदले भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माको फिटनेस र कप्तानीमाथि प्रश्न उठाएकी छन् ।

उनले रोहितलाई ‘मोटा खेलाडी’ भनेकी छन् ।

मोहम्मदले भनिन्, “खेलाडीको रूपमा रोहित शर्मा मोटा छन् । उनले तौल घटाउनुपर्छ ।” साथै, उनले रोहितको कप्तानीलाई अप्रभावी भनेकी छन् ।

मोहम्मदले रोहितको तुलना पूर्व भारतीय क्रिकेट दिग्गजहरूसँग गरिन् । उनले एक्समा लेखिन्, “सौरभ गांगुली, सचिन तेन्दुलकर, राहुल द्रविड, महेन्द्र सिंह धोनी, विराट कोहली, कपिल देव र रवि शास्त्री जस्ता दिग्गजहरूसँग तुलना गर्दा रोहित शर्मामा के यति विश्वस्तरीय छ ? उनी एक औसत खेलाडी र कप्तान हुन्, जसले संयोगवश भारतीय टोलीको कप्तानी पाए ।”

यद्यपि, उनले सामाजिक सञ्जालबाट यो पोस्ट डिलिट गरेकी छन् । काङ्ग्रेस प्रवक्ताको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा हङ्गामा मच्चाएको छ ।

मोहम्मदले गरेको टिप्पणीबाट काङ्ग्रेसले आफूलाई टाढा राखेको छ ।

काङ्ग्रेसका अर्का प्रवक्ता पवन खेराले सोशल मिडिया एक्समा लेखेका छन्, “प्रसिद्ध क्रिकेटरमाथि शमा मोहम्मदले गरेको टिप्पणी काङ्ग्रेस पार्टीको विचार होइन । उनलाई सोशल मिडिया एक्सबाट आफ्नो पोस्ट हटाउन र राम्रो व्यवहार गर्न भनिएको छ ।”

भारतीय टोलीका कप्तान रोहित शर्मामाथि गरिएको टिप्पणीपछि मोहम्मदले स्पष्टीकरण दिँदै खेलाडीहरूको सामान्य फिटनेसमाथि टिप्पणी गरेको बताएकी छिन् ।

रोहितमाथि शमाको टिप्पणीपछि धेरैले उनको विरुद्धमा प्रतिक्रिया दिएका छन् । भाजपाले यस मुद्दामा काङ्ग्रेस पार्टीलाई निशाना बनाएको छ ।

भाजपा प्रवक्ता प्रदीप भण्डारीले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै काङ्ग्रेसले देशको लागि जे राम्रो छ, त्यसको विरोध गर्ने सन्देश दिएको आरोप लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register