काठमाडौँमा फेरि फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध, घरघरमा पानी पस्यो… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा फेरि मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहानै काठमाडौँको थापाथलीमा मेलम्चीको पाइप फुटेको हो । थापाथलीस्थित नर्भिक अस्पतालदेखि थापाथली जाने बाटोमा मेलम्ची खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध भएको छ । पाइप फुटेपछि त्यसक्षेत्र वरपरका घरहरुमा पानी पसेको छ । यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो […]

Mar 4, 2025 - 02:48
 0
काठमाडौँमा फेरि फुट्यो मेलम्चीको पाइप, सडक अवरुद्ध, घरघरमा पानी पस्यो… (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा फेरि मेलम्चीको पाइप फुटेको छ । मंगलबार बिहानै काठमाडौँको थापाथलीमा मेलम्चीको पाइप फुटेको हो ।

थापाथलीस्थित नर्भिक अस्पतालदेखि थापाथली जाने बाटोमा मेलम्ची खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध भएको छ । पाइप फुटेपछि त्यसक्षेत्र वरपरका घरहरुमा पानी पसेको छ । यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो । अहिले पाइप फुटेको ठाउँमा मर्मतको काम भइरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register