मधेशका ६७ स्थानीय तह प्रमुख प्रशासक विहीन

वीरगन्ज।   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ६७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको पाइएको छ । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज, एक उपमहानगर, ४६ नगरपालिका र १९ गाउँपालिकामा सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपाएको हो  ।  कोसी प्रदेशको विराटनगर महानगरपालिकासहित अन्य ३० स्थानीय तह, धरान उपमहानगरसहित १२ […]

Mar 4, 2025 - 13:01
 0
मधेशका ६७ स्थानीय तह प्रमुख प्रशासक विहीन

वीरगन्ज। 

 सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ६७ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको पाइएको छ । मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज, एक उपमहानगर, ४६ नगरपालिका र १९ गाउँपालिकामा सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपाएको हो  ।

 कोसी प्रदेशको विराटनगर महानगरपालिकासहित अन्य ३० स्थानीय तह, धरान उपमहानगरसहित १२ नगरपालिका र १७ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । काठमाडौँ महानगर र धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समय टिक्न नसक्ने समस्या देखिएको छ ।  सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले जनप्रतिनिधि र कर्मचारीबिच समन्वय आवश्यक रहेको बताएको छ । 

समितिका संयोजक खिमलाल देवकोटाका अनुसार प्रशासकीय अधिकृतहरूलाई अनुकूल वातावरण उपलब्ध गराउन सके मात्र उनीहरू खटाइएका स्थानमा जान इच्छुक हुनेछन् ।सङ्घीय मामिला मन्त्रालयले रिक्त पद पूर्ति गर्न छिट्टै निर्णय लिने बताएको छ । प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण स्थानीय तहमा बजेट कार्यान्वयन, सेवा प्रवाह, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कार्य प्रभावित भएका छन् ।

 मधेश प्रदेशको एक मात्र महानरपालिका वीरगन्जमा हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत आइ नहाल्ने र आएपनि  धेरै नटिक्ने समस्या छ।  यद्यपि हाल महानगरपालिकामा महानगरपालिकाकै शिक्षा शाखाका प्रमुखलाई प्रशासकीय अधिकृत बनाइएको छ । कानुनले प्रमुख र प्रशासकीय अधिकृतको क्षेत्राधिकार स्पष्ट रुपमा उल्लेख गरेको भएपनि कयौं स्थानीय तहमा यी दुईकाबीचमा विवाद देखिएका कारण प्रशासकीय अधिकृतहरु टिक्न समस्या भएको बिज्ञहरु बताउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register