राजावादीहरूको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको पोस्टमार्टम सम्पन्न

काठमाडौँ। यही चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सकिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज अपराह्न ३ बजे उनको पोस्टमार्टम सम्पन्न भएको हो । पोस्टमार्टमको रिपोर्ट भने आउन बाँकी छ । पोस्टमार्टमअघि उनको एक्स रे गरिएको थियो । दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि भएको आन्दोलनमा […]

Apr 2, 2025 - 11:01
 0
राजावादीहरूको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको पोस्टमार्टम सम्पन्न

काठमाडौँ।

यही चैत १५ गते राजधानीको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सकिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज अपराह्न ३ बजे उनको पोस्टमार्टम सम्पन्न भएको हो । पोस्टमार्टमको रिपोर्ट भने आउन बाँकी छ ।

पोस्टमार्टमअघि उनको एक्स रे गरिएको थियो ।

दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि भएको आन्दोलनमा समाचार संकलन गर्न गएका बेला रजकको तीनकुनेस्थित एक स्थानीयको घरमा आगलागी हुँदा निधन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register