त्रिभुवन आर्मी महिला गोल्डकपमा फाइनल

इलाम, २१ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा त्रिभुवन आर्मी क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ । बुधबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामलाई २–० गोलले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मीले फाइनलको यात्रा तय गरेको छ । आर्मीको जीतमा बिमला चौधरीले २ गोल गरिन । नेपाली [...] The post त्रिभुवन आर्मी महिला गोल्डकपमा फाइनल appeared first on Jhapa Online.

Mar 5, 2025 - 13:48
 0
त्रिभुवन आर्मी महिला गोल्डकपमा फाइनल

इलाम, २१ फागुन । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा त्रिभुवन आर्मी क्लब काठमाडौँ फाइनल प्रवेश गरेको छ ।

बुधबार इलामको ठुलो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेल आयोजक ओएसिस क्लब इलामलाई २–० गोलले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मीले फाइनलको यात्रा तय गरेको छ ।

आर्मीको जीतमा बिमला चौधरीले २ गोल गरिन । नेपाली राष्ट्रिय टिमका समेत खेलाडी रहेका आर्मी र विभिन्न क्षेत्र कलेक्सन खेलाडी रहेको आयोजक ओएसीस बीचको खेलमा पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो भने दोस्रो हाफमा आयोजकलाई आर्मीले दबाबमा राख्यो ।

आजको ‘प्लेयर अफ द म्याच’ आर्मीको खेलाडी बिमला चौधरी बनिन । उनले नगद ५ हजारसहित ट्रफी मेडल प्राप्त गरिन् । आर्मीले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र भारतका गरी आठ टिम सहभागी प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

The post त्रिभुवन आर्मी महिला गोल्डकपमा फाइनल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register