ग्यासमा कमिसन वृद्धिको संसदमा विरोध, संसदीय समितिको निर्देशन अटेरमा आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले ग्यास सिलिण्डरमा कमिसन बढाउँदै उपभोक्तालाई मारमा पार्न खोजेको भन्दै विरोध जनाएका छन् । संसद्को आकस्मिक समयमा बोल्दै उनले सरकार कमिशनखोर व्यवसायीको पक्षपोषणमा लागेको बताए ।‘व्यवसायीहरूले कमिसन पाँच प्रतिशतसम्म बढाउन लागिपरेका थिए । सरकारले १.५ प्रतिशत बढाइदियो । कमिसन बढाउनुपर्यो भन्ने व्यवसायी खोजी खोजी सरकार हिँडिरहेको छ,’ […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले ग्यास सिलिण्डरमा कमिसन बढाउँदै उपभोक्तालाई मारमा पार्न खोजेको भन्दै विरोध जनाएका छन् ।
संसद्को आकस्मिक समयमा बोल्दै उनले सरकार कमिशनखोर व्यवसायीको पक्षपोषणमा लागेको बताए ।‘व्यवसायीहरूले कमिसन पाँच प्रतिशतसम्म बढाउन लागिपरेका थिए । सरकारले १.५ प्रतिशत बढाइदियो । कमिसन बढाउनुपर्यो भन्ने व्यवसायी खोजी खोजी सरकार हिँडिरहेको छ,’ उनले भने ।
सिमेन्टको मूल्यवृद्धि हुँदा पनि सरकार निरीह बनेको भन्दै उनले आपत्ति व्यक्त गरे । ‘सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य नबढाउन सरकारलाई निर्देशन दिएको थियो । आज उद्योग मन्त्री पनि यहीँ हुनुहुन्छ। समितिको निर्देशन किन पालना भएको छैन?’ उनले प्रश्न गरे ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल एलपी ग्यास उद्योग संघका पदाधकारीबीच फागुन २० गते कमिसन वृद्धिको सम्झौता भएको थियो ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा टायर बाल्नेहरू पनि सांसद भएपछि मूल्यवृद्धिमा चुप रहेको उनले बताए । ‘तेलको भाउ एक रुपैयाँ बढ्दा पनि टायर बाल्ने अखिलका दाइहरू अहिले सांसद हुनुभएको छ । मूल्यवृद्धि हुँदा किन चुप लाग्नुभएको?’ उनले प्रश्न गरे ।
सरकारले उपभोक्तालाई निरन्तर मारमा पारेको उनको भनाइ छ ।
What's Your Reaction?






