‘प्राधिकरणबाट कुलमानलाई हटाउन सरकार तयारीमा छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारले कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले यस्तो आरोप लगाएका हुन् ।  उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताएका छन् ।  सांसद ढकालले व्यवसायी, ढुवानीकर्ता र बिक्रेताबीच हुने विवादको मार आम […]

Mar 6, 2025 - 09:05
 0
‘प्राधिकरणबाट कुलमानलाई हटाउन सरकार तयारीमा छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारले कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले यस्तो आरोप लगाएका हुन् । 

उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताएका छन् । 

सांसद ढकालले व्यवसायी, ढुवानीकर्ता र बिक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै, हाल सरकार र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसलका बारेमा बोल्दै सांसद ढकालले विद्युतीय चूलो ल्याउने नीति बनाइरहेको कुलमानलाई हटाउन सरकार तयार भएर बसेको पनि आरोप लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register